Ad image

होली भिजन आवसिय माध्यामिक विद्यालयको १८ औँ वार्षिक उत्सव समापन

malashree
malashree १४ पुष २०८०, शनिबार
3 Min Read
Aa

१४ पौष २०८०, शनिबार

होली भिजन आवसिय माध्यामिक विद्यालयको १८ औँ वार्षिक उत्सव कार्यक्रम आज समापन भएको छ । विद्यालयले आज एक औपचारिक कार्यक्रमको वीच समापन गरेको हो ।

 

नगर प्रमुख सुरेन्द्र थापाले पानसमा वत्ती बालेर कार्यक्रमको सुरु गर्नुभएको हो । पौष १० गते देखि विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरेर वार्षिक उत्सव मनाएको हो । २०६२ सालमा स्थापना भएको विद्यालयले सुरुवातमा १३० जना विद्यार्थीबाट पढाउन शुरु गरेको थियो । अहिले उक्त विद्यालयमा ५५० जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । सदरमुकाम लिवाङमा अवस्थित विद्यालयले प्रत्येक वर्ष आफ्नो वार्षिक उत्सवको अवसरमा विविध कार्यक्रम गर्दै आई रहेको छ । विद्यार्थीको क्षमता विकासको लागि फरकफरक खालका कार्यक्रम गर्दै आएको विद्यालयले जनाएको छ ।

- Advertisement -
Ad image

 

विद्यालयको वार्षिक उत्सवको अवसरमा प्रत्येक वर्ष विद्यालयले नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीलाई कक्षामा प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गर्नेहरुलाई पुरस्कार पनि प्रदान गर्दै आएको छ । विद्यार्थीको मनोवल उच्च बनाउन र विद्यार्थीमा पढ्ने बानीको विकास हुन्छ भन्ने उद्देश्यले पनि विद्यालयले हरेक वर्ष पुरस्कार दिदै आएको विद्यालयका प्रिन्सिपल ओम प्रकाश खत्रिले बताउनुभयो ।

होलि भिजन आवसीय माध्यामिक विद्यालय बालअधिकार मञ्जले फुटबल, कपर्डी, नृत्य हाजिरि जवाफ लगायतको प्रतियोगिता गरेको हो । प्रतियोगितामा सहभागी भएका सहभागीहरुलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा होली भिजन आवसीय माध्यामिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष झक्कु प्रसाद न्यौपानेको अध्यक्षता तथा रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाइका प्रतिनिधि उत्तम कुमारी चौधरी, नेकपा माओवादी केन्द्रका संयोजक पूर्ण के.सी, नेपाली कांग्रेस रोल्पाका सचिव शेर बहादुर थापा, जलजला बहुमुखी क्याम्पस रोल्पाका क्याम्पस प्रमुख खिम बहादुर खड्का, नेपाल पत्रकार पहासंघ रोल्पाका संस्थापक अध्यक्ष काशीराम डाँगी, नेपाल पत्रकार महासंघ रोल्पाका पूवै अध्यक्ष खेम बुढामगर, जिल्ला खेलकुद विकास समिति रोल्पाका अध्यक्ष मोलङ घर्तिमगर, रोल्पा उद्योग वाणिज्य संघका रमेश आचार्य, निवर्तमान अध्यक्ष मानसिंह विश्कर्मा, बाल मन्दिर आधारभुत माध्यामिक विद्यालयका प्रधानाध्यापक मिलन मल्ल, नेपाल नमूना माध्यामिक विद्यालयका अमर जि.एम भू.पू सैनिक संघ रोल्पाका कोषाध्यक्ष तिलचन्द आचार्य लगायत विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मिहरुको सहभागिता रहेको थियो ।

विद्यालयकी शिक्षिका रेखा नेपालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमो संञ्चालन विद्यालयका शिक्षक दिपक पुनले गर्नुभएको थियो ।

malashree

प्रतिक्रिया दिनुहोस्