Ad image

‘चिरस्मृति’ मुक्तक सङ्ग्रह विमोचन

मालश्री खवर
मालश्री खवर १४ पुष २०८०, शनिबार
2 Min Read
Aa

मालश्री खबर, पुष १४ गते रोल्पा/

चार जनाको संयुक्त मुक्तक सङ्ग्रह ’चिरस्मृति’ विमोचन गरिएको छ ।

रोल्पाको सदरमुकाम लिवाङमा आज एक कार्यक्रमका बीच मुक्तक सङ्ग्रह विमोचन गरिएको हो । ’चिरस्मृति’ मुक्तक सङ्ग्रह चार जना नव स्रष्टाहरूको सयुक्त मुक्तक सङ्ग्रह हो ।

यो सङ्ग्रह सुनछहरी गाउँपालिका ६ फगामका दीपक बुढामगर, सुनछहरी गाउँपालिका ५ जैमाकसलाका शर्मिला पुनमगर, माडी गाउँपालिका ३ तालाबाङका दीपेश अपरिचित मगर र सुनछहरी गाउँपालिका ५ जैमाकसलाका रिया पुनमगर को पहिलो संयुक्त रचना हो ।

- Advertisement -
Ad image

ललित साहित्य परिषद रोल्पाका अध्यक्ष केबी बिरहीको अध्यक्षतामा भएको विमोचन कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्य रहनु भएको थियो ।

विषेश अतिथिमा रोल्पाका अग्रज साहित्यकार तथा रोल्पा नगरपालिकाका निवर्तमान प्रमुख पुर्ण केसी रहनु भएको थियो ।

बरिस्ठ साहित्यकार एवं ललित साहित्य परिषद रोल्पाका सल्लाहकार डिबी टुहुरोले सङ्ग्रहको बारेमा समिक्षा गर्नु भएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरूले सानै उमेर अथार्त १८ बर्ष भन्दा सानै उमेरका स्रष्टाहरूले यो स्तरको क्षमता प्रदर्शन गरेर कृति बजारमा ल्याउनु रोल्पा, रोल्पाली र सिङ्गो देशको साहित्य जगतमा गर्भिलो विषय भएको बताएका छन ।

खेल्ने, रमाउने आफ्नो बारेमा मात्र सोच्ने उमेर भनिने किशोरावस्था कै उमेरमा देश, देशको राजनिती, समय, परिवेश, माया, करूणा, सम्बन्धका बारेमा सिर्जनाको माध्यमबाट समाजका कुरीतिहरूको उजागर गरेर प्रस्तुत गर्न सफल भएकोमा साहित्य जगतमा भविष्यका लागि शुभकामना दिएका थिए ।

कार्यक्रममा साहित्यकार एवं राजनितीज्ञ कृष्ण घर्तिमगर, साहित्कार तथा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगर, साहित्यकार घनश्याम अस्तित्व, साहित्यकार गोकर्ण लगायत जिल्लाका अग्रज साहित्यकार, नव स्रष्टा, पत्रकार, राजनितीक दल, विभिन्न सरोकार वाला व्यक्तिहरूको उपस्थित रहेको थियो ।

ललित साहित्य परिषद रोल्पाका उपाध्यक्ष देवि गुरूङको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको संचालन ललित साहित्य परिषद रोल्पाका महासचिव चन्द्रज्योती सुवेदी ले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array