Ad image

भरतपुरमा सम्पन्न माउण्ट एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा सहभागीलाई रोल्पामा सम्मान 

मालश्री खवर
मालश्री खवर १० पुष २०८०, मंगलवार
2 Min Read
Aa

मालश्री खबर पौष १०, गते रोल्पा

चितवनको भरतपुरमा सम्पन्न भएको तेस्रो माउण्ट एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा पदक प्राप्त र सहभागी खेलाडीहरुलाइ रोल्पा जिल्ला तेक्वान्दो संघले एक कार्यक्रम गरी सम्मान गरेको छ ।

एभरेष्ट विश्वस्तरीय तेक्वान्दो संयुक्त राज्य अमेरिका, एभरेष्ट विश्वस्तरीय तेक्वान्दो नेपाल, नेपाल तेक्वान्दो संघव्दारा समर्थित र आयोजक–कालिका तेक्वान्दो डोजाङ भरतपुर, चितवनको आयोजनामा मिति २०८० पौष ७ र ८ गते सम्पन्न भएको तेस्रो माउण्ट एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा–२०८० (3rd Everest National Open Taekwondo Championship–2023) मा रोल्पा जिल्लाबाट सहभागी र पदक लिने खेलाडीहरुलाई रोल्पा जिल्ला तेक्वान्दो संघले एक कार्यक्रम गरी सम्मान गरेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा जिल्ला तेक्वान्दो संघका संरक्षक पूर्ण के सी, रोल्पा जिल्ला तेक्वान्दो संघका सल्लाहकार राजन श्रेष्ठ, तेक्वान्दो प्रशिक्षक दिपक परियार लगायत खेलाडीहरुको उपस्थित रहेको थियो । सो कार्यक्रमका प्रमुख अतिथि पुर्ण केसीले खेलाडीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

- Advertisement -
Ad image

माडी तेक्वान्दो डोजाङका प्रशिक्षक तथा रोल्पा जिल्ला तेक्वान्दो संघका लुम्विनी प्रदेश प्रतिनीधि सदस्य दिनेश बुढामगरको नेतृत्वमा प्रतियोगितामा भाग लिएका ९ खेलाडीमध्ये २ जनाले पदक जित्न सफल भएका हुन । प्रतियोगितामा निर्मला बुढामगरले ६२ केजी तौल समूहमा रजत पदक र सुमन घर्तीमगरले ४२ केजी तौल समूहमा कास्य पदक जित्न सफल भएका थिए । त्यसैगरी प्रतियोगितामा सहभागी डोजाङहरुलाई आयोजकको तर्फबाट तेक्वान्दो खेल सामाग्री समेत प्राप्त भएको थियो ।

रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष हेमन्त खत्रीले जिल्लाबाट सहभागी खेलाडीहरु रातारात पुगी खेलाडीहरु सुत्न र आराम गर्न नपाएकोले सोचेजस्तो नतिजा प्राप्त गर्न नसकेको बताउनुका साथै जिल्ला संघले आतेजाते भाडा दिए पनि खाने बस्ने खेलाडीको व्यक्तिगत लगानीमै प्रतियोगिता खेल्नुपर्ने बाध्यताका कारण जिल्लाका सबै डोजाङका खेलाडीहरुले प्रतियोगिता भाग लिन नपाएको र ‘प्रतियोगितामा जिल्लाबाट सिमित खेलाडीहरु सहभागी भएपनि उनिहरुले गरेको क्षमता प्रदर्शनले आफु सन्तोषजनक रहेको कुरा बताउनु भएको थियो ।

साथै उहाँले खेल क्षेत्रको पूर्वाधार, सम्भावना बोकेका खेल र खेलाडीको विकास सँगै खेलाडीहरुको क्षमता विकासका लागि तीनै तहका राज्यले लगानी गर्नुपर्ने बताउनुका साथै विजेता र सहभागी खेलाडीहरुलाई हार्दिक बधाई तथा सम्मान व्यक्त गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array