Ad image

रोल्पा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

मालश्री खवर
मालश्री खवर ९ पुष २०८०, सोमबार
2 Min Read
Aa

मालश्री खबर, पौष ९ गते रोल्पा ।

रोल्पा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । सुनिलस्मृति गाँउपालिका वडा २ खुङ्गी देखी लुङ्ग्री गाँउपालिका ४ सानो नम्जा तर्फ खर लिएर जादै गर्दा सुनिलस्मृती गाँउपालिका वडा न. ३ को बर्जिबाङ भन्ने स्थानमा साझ ८ बजेको समयमा रा १ त ४९७० नं.को ट्याक्टर दुर्घटना हुदा ट्याक्टर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक प्रहरी प्रबक्ता राम नारायण गुप्ताले जानकारी दिनु भएको छ ।

मृत्यु हुनेका ट्याक्टर चालक सुनिलस्मृती गाँउपालिका वडा न. ७ तेबाङका बर्ष २१ को तिलक बिष्ट रहेको प्रहरीले जानकारी दिएको छ । ट्याक्टर सडक बाट करिब १ सय मितर तल खसेको समेत बताइएको छ । दुर्घटना पछि गम्भिर घाइते ट्याक्टर चालक बिष्टलाई ईलाका प्रहरी चौलिचौरको प्रहरी निरिक्षक सन्तोष घिमिरे नेतृत्वका खटिएको टोलिले उद्धार गरि उपचारको लागी प्राथमिक स्वास्थ्य चौकि सुलिचौर लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

सोही ट्याक्टरका सवार अर्का लुंग्री गाँउपालिका वडा न. ४ सानो नम्जाका बर्ष ४२ का खर धनि लिलामणि बिष्टको गम्भिर घाइते भएको छन् । उनको प्राथमिक स्वास्थ्य चौकि सुलिचौर सामान्य उपचार पछि उनलाई थप उपचारको लागी जिल्ला बाहिर रिर्फर गरिएको समेत जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । तिब्र गतिका कारण ट्याक्टर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array