Ad image

लुम्बिनी प्रदेश स्तरीय सितोरियो कराते दीक्षान्त समारोह लिबाङमा उद्वघाटन

मालश्री खवर
मालश्री खवर ७ पुष २०८०, शनिबार
4 Min Read
Aa

मालश्री खबर, पुष ७ गते रोल्पा ।

लुम्बिनी प्रदेश स्तरीय सितोरियो कराते दीक्षान्त समारोह रोल्पाको लिबाङमा आज उद्वाघटन भएको छ । ‘राष्ट्रका लागि खेलकुद स्वास्थको लागि खेलकुद’ भन्ने नाराका साथ सदरमुकाम लिबाङमा पुष ९ गते सम्म संचालन हुने दीक्षान्त समारोहमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट सितोरियोे करातेका खेलाडीको सहभागिता रहेको छ ।

केन्द्रिय सितोरियो कराते संघको कार्ययोजना बमोजिमा लुम्बिनी प्रदेश सितोरियो कराते संघको आयोजना र जिल्ला सितोरियो कराते संघ रोल्पाको व्यवस्थापनमा संचलन भएको कार्यक्रम ३ दिन सम्म संचालन हुने लुम्बिनी प्रदेश कमिटि सितोरियो कराते संघका अध्यक्ष सन्तोष सिंहले जानकारी दिनुभयो ।

दीक्षान्त समारोहमा दीक्षित हुनका लागि लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ३७० भन्दा बढी सितोरियो करातेका विद्यार्थीहरु र सितोरियो करातेका प्रशिक्षक, रेफ्री, गुरुहरुको रोल्पाको सहभागित रहेको छ ।

- Advertisement -
Ad image

 

आज उद्वघाटन दीक्षान्त समारोह कार्यक्रमको अध्यक्षमा लुम्बिनी प्रदेश कमिटि सितोरियो कराते संघका अध्यक्ष सन्तोष सिंह रहनु भएको थियो भने प्रमुख अतिथिमा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन (सजल) रहनुभएको थियो ।

कार्यक्रमको अवसरमा ७ औँ दक्षिण यसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाउने पाल्पा जिल्लाका सितोरियो कराते खेलाडी दिया थापा र रोल्पाका गिता पौडेललाई सम्मान गरिएको रोल्पा कराते संघले जानकारी दिएको छ । कराते खेललाई यहसम्म ल्याउनको लागि सहयोग गर्नुहुने विभिन्न संघ संस्था, व्यक्तिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममका प्रमुख अतिथि एमं लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र पुन सिजलले मानविय पुजी निर्माण नभएसम्म भौतिक विकासको कल्पना गर्न नहुने बताउनु भयो । पुनले भन्नुभयो–‘भौतिक विकास हुनको लागि पहिलो मानविय विकास हुन आवश्यक छ, जुन समाज, देशका मानविय विकास भएको हुन्छ त्यो देशमा भौतिक विकासले गति लिएको छ । मानविय विकासमा शिक्षा, स्वास्थ्य, जिवनशैली, खेलकुद पर्ने भएको हुदा खेल क्षेत्रबाट समाज परिवर्तन गर्न सकिने बताउनुभयो ।’

भोलिका देश हाक्ने नेता, पाइलट, इन्जििनयर देशलाई सेवा गर्न सक्ने पेसामा जाने भनेको आजका पुष्ता भएकाले हिजोका व्यक्तिहरुले जसरी मेहनत गरेर मात्र त्यो स्थानमा पुग्न नसकिने बताउनुभयो । आजको युग भनेको डिजिटल युग भएकोले यो समय अनुसार मेहनत गर्न सहभागी विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो । अवको समयमा जहातही गुणस्तिरिया जनशक्तिको आवश्यक हुने हुदा त्यही अनुसार मेहनत गर्न अनुरोध गर्नुभयो ।

लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकाश भण्डारीले रोल्पामा आयोजित प्रदेश स्तरीय खेलमा देशको नै नजर रहेको बताउनुभयो । लुम्बिनी प्रदेशले खेलकुद क्षेत्रमा गरेको लगानी चित्त बुझ्दो नहेको बताउदै सहि तरिकाले लगानी गरेमा नतिजा सकारात्मक दिन तयार रहेको बताउनुभयो । नियम, नियमावली बनाएपनी खेल क्षेत्रमा वजेट अभाव हुदा भनेको जस्तो नतिजा दिन नसकेकोले सरकारलाई सहितरिकाले वजेट व्यबस्था गरिदिएर देशको शिर उचो राख्ने खेलकुद क्षेत्रलाई माथी उठाउन सरकारलाई अनुरोध गर्नुभयो । सरकारमा बजेटको अभाव नभएको र वजेट सही तरिकाले विनियोजन नहुदा अभावको अवस्था भएको जिकिर गर्नुभयो ।

कार्यक्रममा मन्तव्य राख्नेहरुमा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भण्डारी, रोल्पानगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ति, नेपाली कांग्रस रोल्पाका सभापती किशोरकुमार आचार्य, नेकपा मओवादी रोल्पाका जिल्ला संयोजक पुर्ण केसी, लुम्बिनी प्रदेश करातेका प्रमुख रेफ्र संयोजक कृष्ण देवकोटा, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे जिल्ला समन्वय समितिका उपप्रमुख कर्मलाल परियार लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा रोल्पा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोलङ घर्ति मगर, सितोरियो कराते संघ रोल्पाका अध्यक्ष कृष्ण जिएम, खेलाडी, पत्रकार, लगायत आम नगरिकको समभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array