Ad image

बजार क्षेत्रमा छोडिएका पशुपंक्षीको संरक्षण गर्न सुनिलस्मृति गाउँपालिकाको आग्रह

मालश्री खवर
मालश्री खवर ७ पुष २०८०, शनिबार
1 Min Read
Aa

भरत विश्वकर्मा, पौष ७ गते सुलिचौर रोल्पा ।

सडकमा छोडिएको पशुपंक्षीको व्यवस्थापन गर्न सुनिलस्मृति गाउँपालिकाले सम्बन्धित घरधनीहरूलाई आग्रह गरेको छ । गाउँपालिकाले शुक्रवार एक सूचना सार्वजनिक गर्दै त्यस्ता पशुपक्षीलाई एक महिना भित्र संरक्षण गर्न आग्रह गरेको हो ।

सुनिलस्मृति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईद्वारा हस्ताक्षरित सूचनामा ‘‘गाउँपालिकाको बजार क्षेत्रभित्र अव्यवस्थित रूपमा पशुपंक्षी (कुखुरा, हाँस, बोका, बाख्रा लगाएत पशु चौपाया) पालन गरी सवारी आगमनलाई समेत असर गर्नेगरी बजार क्षेत्र तथा सडक क्षेत्रमा छोडिएको भनि जनगुनासो आएको हुँदा त्यस्ता प्रकारका पशुपंक्षीहरू १ (एक) महिना भित्र सम्बन्धित घरधनीले व्यवस्थापन गरिसक्नुहुन जानकारी गराइन्छ ।’’ उक्त सूचनामा भनिएको छ ।

साथै उक्त समय भित्र पशुपंक्षी व्यवस्थापन नगरी छाडा छोडेको पाइएमा गाउँपालिकाको नियमानुसार कारबाही गरिने समेत चेतावनी दिइएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array