Ad image

शहिदमार्ग स्तरोन्नतिको लागि रोल्पाका जनप्रतिनिधिको प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

मालश्री खवर
मालश्री खवर ७ पुष २०८०, शनिबार
3 Min Read
Aa

मालश्री खबर, पुष ७ गते रोल्पा

दाङ रोल्पा हुँदै रुकुम पुर्व सम्म जोडने सहिद मार्गको काममा आर्थिक अभावले बेवास्ता र ढिलासुस्ती भएको भन्दै रोल्पाबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले संयुक्त रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएर फर्किएका छन ।

प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाका संघीय सांसद् एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको नेतृत्वमा ४ पुषमा प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भेटेर रकम सुनिश्चितताका लागि आग्रह गरी आफ्नो पालिका फर्किएको सहभागी भएका गाउँपालिकाका अध्यक्षहरुले बताएका छन ।

शहिद मार्ग सडक आयोजना रोल्पा खण्डको स्तर उन्नती,कालोपत्र काममा ढिलासुस्ती, अनुगमन, बजेट्को अभाव लगायतका समस्याहरुको यथाशिघ्र सम्बोधन गर्नको लागि आफुहरुले ध्यानाकर्षण गराएको रुन्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले बताउनु भएको छ ।

- Advertisement -
Ad image

आर्थिक वर्ष ०६४÷०६५ देखि सुरु दाङको घोराही देखि रोल्पाको होलेरी–घर्तीगाउँ हुँदै पूर्वी रुकुमको हुकाम–मैकोटसम्मको शहीद मार्ग निर्माणको कामले अझै पूर्णता नपाएको भन्दै संयुक्त रुपमा ध्यानाकर्षण गराएको हो ।

उक्त सडकखण्ड अन्तर्गत रोल्पा स्थित दारबोट कालोपत्रको काम भइरहेको, दारबोट–घर्तीगाउँ–दुई खोली–खरिबोट खण्डमा कालोपत्रेका लागि ठेक्का भई काम सुरु भए पनि पर्याप्त बजेट अभावमा आयोजनाले अपेक्षित रूपमा गति लिएको छैन ।

सोहि खण्डको रुकुम पुर्व स्थित हुकाम–मैकोट खण्डमा ट्र्याक खोल्ने काम नै बाँकी रहेकाले त्यसको पनि प्रबन्ध मिलाइदिन ज्ञापनपत्रमा माग उल्लेख गरेका छन।दाङ स्थित घोराही–होलेरी खण्डको साढे ३१ किलोमिटर सडक कालोपत्रे भएकोमा निर्माण व्यवसायीको लापरबाहीले तोकिएको समयसम्म उचित मर्मत सम्भार नगरेका कारण भत्किएर सो ठेक्का रद्ध गरी नयाँ प्रक्रियाका लागि विस्तृत आयोजना प्रतिवेदन स्वीकृतिको चरणमा रहेको भन्दै उनीहरुले बजेटको न्यूनताका कारण ठेक्का प्रक्रियामा ढिलाई भएकाले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन पनि आग्रहमा गरेका छन ।

ध्यानाकर्षण पत्र बुझदै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित मन्त्रालयको टोलीले आफूसँग विकास निर्माणका काममा भएका प्रगति समीक्षाका लागि समय लिएकाले सोही बैठकमा शहीद मार्ग निर्माण तथा कालोपत्रेका लागि तत्काल काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएका थिए ।

प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउन प्रतिनिधि सभाका सांसद पुन(अन्नत),लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र पुन सिजल,रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ती,माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्ती, त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठा,रुण्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन र परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा बालुवाटार पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

Array