Ad image

महेन्द्र मा.वि द्वारा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीताको पुरस्कार वितरण

मालश्री खवर
मालश्री खवर ६ पुष २०८०, शुक्रबार
2 Min Read
Aa

कमल खड्का
६ पौष २०८०, शुक्रबार ।।
पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीतामा महेन्द्र माविले प्रथम स्थान हासिल गर्न सफल भएको छ । नेपाल राष्ट्रिय मा वि डुब्रिङ रोल्पाको ब्यवस्थानमा भएको प्रतियोगितामा आफ्ना विद्यार्थीहरुलाई सहभागी गराएर खेलमा उत्कृष्ट स्थान हासिल गराउदै प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

रनिङ सिल्ड प्रतियोगीतामा सबै भन्दा बढी १५ गोल्ड मेडल सहित महेन्द्र मावि होलेरी प्रथम स्थान ओगट्न सफल भएको हो । त्यस्तै भिमसेन मावि सैवाङले भने प्रतियोगीतामा केही समस्या भएको र सचिवालयले सुनुवाइ नगरेको भनेर आफ्नो पुरस्कार ग्रहण गर्न मानेन ।

प्रथम भएको महेन्द्र मा वि होलेरीले आज आफ्ना खेलाडी विद्यार्थीलाइ एक कार्यक्रम गरेर सम्मान तथा पुरस्कार वितरण गरेको छ । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष एवंम रुन्टीगढी गाउँपालिका वडा न। ७ का अध्यक्ष टेक लाल पुनको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा अध्यक्ष पुनले प्रतियोगीतामा समस्या भए सबै मिलेर समाधान खोज्नु पर्ने तर खेलाडी विद्यार्थीहरुको हौसलाको लागि प्रदान गरिको सम्मान तथा पुरस्कार ग्रहण नगर्नु उचित नभएको बताउनु भयो ।

उहाँले यस खालका क्रियाकलापले एक अर्को विद्यालय बिच मनमुताव उत्पन्न हुने त्यस्तै खेलाडी विद्यार्थीहरुको दिमागमा नकारात्मक असर परि मनोवल घट्ने र एक आपसमा द्धन्द्ध सिर्जाना हुने हुदा यस खालको क्रियाकलाप गर्न नहुने बताउनुभयो ।

- Advertisement -
Ad image

त्यस्तै उत्कृष्ट खेल प्रदर्शन गर्ने र अनुसासित भई खेल खेल्ने विद्यार्थीलाई सोही विद्यालयका शिक्षक रेशम बुढाथोकीले खेलाडी हौसलाका लागि ब्यक्तिगत नगत रकम समेत हस्तान्त्रण गर्नु भएको छ । कार्यक्रम बोल्दै उहाले आगामी दिनहरुमा यस्ता खेलाडी विद्यार्थीहरुलाइ हौसलाको निम्ति सहयोग गर्दै जाने बताउनु पनि भयो ।

प्रतिक्रिया दिनुहोस्

Array