Ad image

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्नमा रोल्पा नगरपालिका जिल्लामा प्रथम

मालश्री खवर
मालश्री खवर ६ पुष २०८०, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, पुष ६ गते रोल्पा ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्नमा रोल्पा नगरपालिका रोल्पा जिल्ला मै पहिलो भएको छ । लुम्बिनी प्रदेशले स्थानिय तह संस्थागत क्षमता स्वमूल्याकन गरेकोमा ८२.२५ प्रतिशत अङ्कका साथ रोल्पा नगरपालिका प्रथम भएको हो ।

प्रदेश सरकारले शासकिय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक वजेट तथा व्यवस्थापन, वित्तिय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पुर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत व्यबस्थापन र सहकार्य र समन्वयमा मुल्याकन गर्दा उत्कृष्ट अङ्कका साथ रोल्पा जिल्लाका १० वटा स्थानिय तह मध्य रोल्पा नगरपालिका पहिलो स्थानमा रहेको छ ।

यि सबै मापदण्डलाई मुन्याकन गर्दा त्रिवेणी गाउँपालिका ७६.२५ प्रतिशतका साथ द्धितिय, सुनिलस्मृति गाउँपालिका ६९ प्रतिशत अङ्का साथ तृतिय भएको छ । त्यस्तै स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्नमा सबैभन्दा कम अङ्क माडी गाउँपालिकाले ४१.२५ प्रतिशत अङ्क ल्याएको रोल्पा नगरपालिकाका लेखा प्रमुख बसन्त गरीले जानकाकरी जानकारी दिनुभयो ।

- Advertisement -
Ad image

त्यस्तै वित्तिय सुशासन जोखिम मूल्याकन लुम्बिनी प्रदेशमा रोल्पानगरपालिका ८४.५ अङ्क लिएर चौथो नम्बरमा परेको छ । पहिलो धुर्कोट गाउँपालिका, दोस्रो गुल्मी दरबार गाउँपलिका र तृतिय मदाने गाउँपालिका भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array