Ad image

रोल्पा नगरपालिका कर्मचारीद्धारा भुकम्प पीडितलाई आर्थिक सहयोग

मालश्री खवर
मालश्री खवर ५ पुष २०८०, बिहीबार
1 Min Read
Aa

मालश्री खबर

रोल्पा नगरपालिका कर्मचारीहरुले भुकम्प पीडितलाई आर्थिक सहयोग गरेका छन् । कार्तिक १७ गते राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको बिनासकारी भूकम्पपीडितका लागि आर्थिक सहयोग गरिएको रोेल्पा नगरपालिका लेखा प्रमुख बसन्त गिरीले बताउनु भएको छ ।

नगरपालिकामा कार्यरत सबै तहका कर्मचारीहरु बाट आर्थिक सहयोग गरिएको बताइएको छ । नगरपालिकामा कार्यरत अधिकृत स्तरको कर्मचारी बाट २ दिनको र अन्य स्तरका कर्मचारीहरु नासु, खरिदार, नगर प्रहरी, कार्यालय सहयोगि, सवारी चालक लगाएतका कर्मचारीहरुले एक दिन बराबरको तलब काटेर भूकम्पपीडितका सहयोग गरेका छन् ।

उक्त सहयोग रकम मंगलबार राष्ट्रिय बाणिज्य बैंकमा रहेको प्रधानमन्त्री राहत कोषको खाता नम्बर ११३०१००००३७६२००१ मा जम्मा रकम १ लाख ७१ हजार ८ सय ४ रुपैया गरिदिएको समेत बताइएको छ ।

- Advertisement -
Ad image

रोल्पा नगरपालिका न्यायीक समितीले पनि छुट्टै जाजरकोट भुकम्पपीडितका लागी २० हजार मंगलबार नै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिदिएको गरिदिएको रोल्पा नगरपालिका न्यायीक समिती एक सदस्ले रेडियो मालश्रीलाई जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array