Ad image

बच्चा देखि वृद्धसम्म प्रेरणाको स्रोत बनेकि बमकुमारी, ७२ वर्षमा दिक्षित तर बिहे भुलिन

मालश्री खवर
मालश्री खवर ४ पुष २०८०, बुधबार
5 Min Read
Aa

नारायण केसी

आफुले संघर्ष र लक्ष्यको बाटो नछाडे सम्म असम्भव भन्ने केही छैन भन्ने एउटा गतिलो उदाहरण हुन रोल्पाकि बमकुमारी बुढा मगर ।

अहिले उनी जन्म उमेरले ७२ वर्षकि भइन । उनका अनेक पृष्ठभूमि छन । सामान्य विद्यार्थी, शिक्षिका, साहित्यकार, संस्कृत विद र राजनीतिक रुपमा संघीय माननीय समेत उनको उच्च छवि छ । अहिले काँस झैँ फुलेको कपाल, चाउरिएका गालामा गुन्यु, चोली र घले पोसाक मगर भेषमा। नेपाली बोल्दा सामान्य नेपाली र गाउँले मगर थेगो संगै बीच–बीचमा घुस्ने अंग्रेजी शब्द यी यस्तै भाष्य बोलीमा बोल्छिन ।

दुर्गम रोल्पाको मगर समुदायमा जन्मिएर पढ्नका लागि गरिएको संघर्षममा झुम्मिएकि बमकुमारी पञ्चायत र त्यो समयसँग जोडिएका राजनीतिक उथलपुथल र हाल राजनीति भन्दा अलिक पर प्राज्ञिक अभियानसँग बम कुमारीको यात्रा जोडिएको छ उनी शिक्षा क्षेत्र तर्फ रोल्पाबाट एसएलसी पास गर्ने पहिलो महिला समेत हुन ।

- Advertisement -
Ad image

हालै त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह २०८० का क्रममा स्नातकोत्तर तहको समाज शास्त्र विषयमा ७२ बर्षको उमेरमा दीक्षित हुन सफल भएकि छन । अहिले उनको यो सफलतामा उनका शुभचिन्तकहरुले आआफ्नै शैलीमा उनको प्रशंसा गर्दैन एउटा प्रेरणाको स्रोत भएको दावि सहित खुशी साटिरहेका छन ।

दुर्गम रोल्पाबाट राजधानी काठमाडौ जोडिएकि बमकुमारी

२००७ सालमा देशमा भर्खर प्रजातन्त्र भित्रिए संगै उनको जन्म भएको थियो प्रजातन्त्र पछि लामो समयसम्म व्यवस्था उस्तै रह्यो सामान्य पुरुषले पनि विद्यालयसम्म पुगेर पढ्न असम्भव रहेको त्यो समय मगर समुदाय त्यसमा पनि महिलाले पढ्नु भनेको कल्पना बाहिरको कुरा थियो ।
राजधानी काठमाडौंमा बाम्मे सरिरहेको प्रजातन्त्रको प्रभाव अनुभति थिएन। बम कुमारीले आफ्नो पढाइ रोल्पामा सम्भव नभएपछि २०३० सालमा दाङको पद्मोदय पब्लिक बहुउद्देश्यीय माध्यामिक विद्यालयबाट एसएलसी उतिर्ण गरिन् । त्यतिबेलासम्म रोल्पाबाट महिला कसैले एसएलसी उतिर्ण गरेका थिएनन। त्यतिबेलाबाट शिक्षा तर्फ रोल्पाली महिलाको लागि प्रेरणाको स्रोत समेत बनिन बमकुमारी । त्यसपछि ०४४ सालमा बम कुमारीले स्नातक पास गरिन् । त्यस समयमा रोल्पाबाट स्नातक गर्ने पनि उनै पहिलो महिला थिइन् ।

विद्यार्थी पछि शिक्षिका

एसएलसी पास गरेपछि उनी रोल्पा फर्किन् । करिब २ वर्षजति रोल्पाको तत्कालीन गाविस तालाबाङ, लिवाङ, बुढागाउँलगायत स्थानमा शिक्षिकाको रूपमा अध्यापन गराइन् । वैचारिक रूपमा बमकुमारी पञ्चायतको समर्थक थिइन् । ‘पञ्चायत त्यो समय उग्र थियो । कम्युनिष्ट पनि तातिएका थिए । वैचारिक भिन्नता भए पनि त्यति ठूलो विवाद भएको मलाई याद छैन,’ भनिन्, पञ्चायत कम्युनिस्टलाई देखिसहन्न थियो।झ उनि भन्छिन् ।

त्यसपछि ०३४ सालमा बमकुमारी आइएड् अध्ययनका लागि जिल्ला बाहिर नेपालगन्ज पुगिन । त्यहा केही वर्ष पढदै थिइन त्यहि बेला समयमा उनलाई राष्ट्रिय पञ्चायतको सदस्य हुने मौका पाइन । त्यहाँ करिब चार वर्ष राष्ट्रिय पञ्चायत सदस्यको जिम्मेवारी सम्हालिन् ।

विस्तारै राजनितीमा ढल्किएकि बमकुमारी

०४३ सालमा राष्ट्रिय पञ्चायतका लागि निर्वाचन भयो । बमकुमारी रोल्पाबाट उम्मेदवार हुने भइन् । त्यहि चुनावी दौडधुपका क्रममा ०४३ वैशाख १८ गते राति घरछेउमा ठूलो बमको आवाज आयो । भोलिपल्ट बिहानै उनीमाथि ‘हार्ने स्थितिमा निर्वाचन भाँड्नका लागि बम पड्काएको’ झुटो मुद्दा लाग्यो। त्यसपछि मुद्दा र चुनावी दबाब एकैसाथ चल्यो । वैशाख २९ गते मतदान भयो । वैैशाख ३० गते पृथ्वीबहादुर सिंहको एकल इजलासले यथेष्ट प्रमाण नपुगेको भन्दै उनलाई सफाइ दियो ।

जेठ १ देखि चार दिनसम्म मतगणना भएपछि उनले १७ हजार २ सय १ मत आफ्नो पक्षमा भएपनि चलखेल गरेर १७ हजार १ सय २५ मत भएको अर्को उम्मेदवारलाई विजयी घोषणा गरेको उनको आरोप अहिले पनि छ ।

०४५ सालमा मरिचमान सिंह प्रधानमन्त्री हुँदा पूर्वरापस सदस्यका लागि राज्यले भत्ताको घोषणा गरे पनि उनले स्विकारिनन् । निर्वाचन नहारेकोले आफू पूर्व नभएपछि भत्ता लिन उचित नभएको भन्दै उनले त्यो भत्ता लिइनन ।

मगरातको अभियानमा बमकुमारी

उनी संस्कृत विद समेत हुन । अठार मगरात मगर प्रतिष्ठानकी अध्यक्षको जिम्मेवारी समेत सम्हालिन मगरमा पनि दुईथरीका समुदाय छन् । बाह्र मगरात पाल्पाको रिडीपूर्वका र १८ मगरात रिडीपश्चिमका तर भाषिक संरक्षणसँगै सामुदायिक उत्थानका लागि उनको अनवरत यात्रा रह्यो । माओवादी जनयुद्धलाई माथि उठाउन मगर समुदाय मात्र नभएर मगर भाषाको ठूलो योगदान र युद्धको समयमा गोप्य कोडका रूपमा माओवादीले मगर भाषालाई नै प्रयोग गरेको उनी बताउँछन् ।

मगर मातृभाषाको औपचारिक पठनपाठनका लागि १ देखि ५ कक्षासम्मको र अनौपचारिक १ कक्षासम्मका लागि पाठयपुस्तक उनैले तयार पारिसकेकि छन ।

अहिलेसम्म अविवाहित बमकुमारी

७२ वर्षसम्म पनि उनि अविवाहित छन । उनको अनेक क्षेत्रमा राम्रो छवि छपाएकि उनको बिहेवारी छैन । उनलाई विवाह बारे सोध्दा उनी त्यतातिर चासो दिनन्। त्यसको एउटै उनको जवाफ छः मेरो संघर्षमा पुरुष नै प्रतिस्पर्धाी बने अनि म त्यो लडाइँमा लागेपछि बिहे तिर मेरो सोच पनि गएन केही अवसर पनि मिलेन ।झ उनी भन्छिन ।जनसहारा

प्रतिक्रिया दिनुहोस्

Array