Ad image

अध्यक्ष कपमा सहभागी भएका खेलाडीहरुलाई सम्मान

मालश्री खवर
मालश्री खवर ४ पुष २०८०, बुधबार
2 Min Read
Aa

४ पौष २०८०, बुधबार

परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० मा सहभागी भएका खेलाडीहरुलाई सम्मान गरिएको छ । परिवर्तन गाउँपालिका वडा नम्बर ६ खेलकुद विकास समिति इरिबाङले मंगलबार एक औपचारिक कार्यक्रम गरि आफ्नो वडाबाट सहभागी भएका करिब १२ जना खेलाडीहरुलाई परिवर्तन गाउँपालिका ६ को वडा कार्यालय कोल्बोट नाफेमा खाडा, माला, अबिर र प्रमाणपत्रले सम्मान गरिएको हो ।

परिवर्तन गाउँपालिका वडा नम्बर ६ खेलकुद विकास समितिका अध्यक्ष गगन बुढा मगरको अध्यक्षतामा भएको खेलाडीहरुलाई सम्मान कार्यक्रममा पूर्व सहायक मन्त्री भिम कुमारी बुढा मगरको प्रमुख आतिथ्यता र परिवर्तन गाउँपालिका ६ का वडा अध्यक्ष भरत कुमार बुढा मगरको विशिष्ट आतिथ्यता रहेको थियो ।

 

- Advertisement -
Ad image

नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग सदस्य हुकुम बहादुर बुढा मगर, मगरात मुक्तिमोर्चा नेपालका केन्द्रीय सदस्य तथा नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका सचीव कर्ण बहादुर बुढा मगर, परिवर्तन गाउँपालिका ६ का वडा सदस्यहरु गण बहादुर बुढा मगर, ओमसरा बुढा मगर र कल्पना परियार,नेपाली कांग्रेस परिवर्तन गाउँपालिका ६ का वडा सभापति वीर बहादुर घर्ती मगर, नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका ३ का सहसचीव तथा वाइसीएल नेपाल परिवर्तन गाउँपालिका गाउँकमिटी सदस्य अनिल पुन मगर, नेपाल राष्ट्रिय मावि कोल्बोट नाफेका शिक्षक मदन घर्ती मगर, टोल विकास संस्थाका पदाधिकारी र स्थानीय युवा किरण महर लगायतको आतिथ्यता रहेको थियोे ।

 

परिवर्तन गाउँपालिका वडा नम्बर ६ खेलकुद विकास समितिका सदस्य तथा परिवर्तन गाउँपालिका युवा सञ्जालका सचीव रबिन बुढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको सहभागी खेलाडीहरुलाई सम्मान कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका ६ का वडा सचीव तथा परिवर्तन गाउँपालिका वडा नम्बर ६ खेलकुद विकास समितिका सदस्य सचीव हिरामणी रोका मगरले गर्नु भएको थियो ।

२२ मङ्सिर देखि २५ मङ्सिर सम्म परिवर्तन गाउँपालिका खेलकुद विकास समितिले आयोजना गरेको परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० मा परिवर्तन गाउपालिका ६ बाट सहभागी भइ खेलकुद प्रतियोगितामा समावेश ४२ वटा इभेन्टमा १ स्वर्ण, २ रजत र ७ कांस्य प्राप्त गर्दै छैठौं भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array