Ad image

अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२३ रोल्पामा मनाईयो

मालश्री खवर
मालश्री खवर २ पुष २०८०, सोमबार
1 Min Read
Aa

२ पौष, २०८० सोमबार ।।

रोल्पा नगरपालिकाले अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाएको छ ।

‘आप्रवासीको योगदानको कदर, अधिकारको सम्मान’ भन्ने मुल नाराका साथमा यो दिवस मनाईएको हो । रोल्पा नगरपालिकाले दिवसको अवसरमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका तथा बेपत्ता भएकाहरुको सन्ततिहरुलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण गरेको छ ।

विकास सरोकार समाज डिकोस रोल्पा अन्र्तगतको सामी परियोजना र रोल्पा नगरपालिकाको संयुक्त आयोजनामा यो कार्यक्रम भएको हो । रोल्पा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि निमित्त प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर गिरीको प्रमुख आतिथ्यता थियो ।

- Advertisement -
Ad image

कार्यक्रममा रोल्पा नगरपालिका भित्रका ९ घरपरिवारका १९ जना बालबालिकाहरुलाई प्रतिब्यक्ति एक वटा झोला, एक दर्जन कापी, एक दर्जन डटपेन, एकवटा ज्यामितिबक्स र ब्लाङकेट प्रदान गरिएको छ । रोल्पा नगरपालिका १, २, ४, ६ र १० नम्बर वडाका ९ घरपरिवारका सन्ततिहरुलाई उक्त राहत स्वरुप शैक्षिक सामाग्री वितरण गरिएको हो । सामाग्री प्राप्त भएपछि अभिभावकहरु हर्षित भएका छन । कार्यक्रममा आप्रवासी हकहित संरक्षण केन्द्रका जिल्ला सचिव दिपेन्द्र कँवर, नगरपालिका अध्यक्ष दिपेन्द्र डाँगी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन सामी कार्यक्रम जिल्ला प्रमुख शरद पोखरेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array