मालश्री खबर, पौष १ गते रोल्पा ।
सुनिलस्मृति गाउँपालिकाको चालु आ.व. २०८०/०८१ मा उपभोक्ता समितिहरुबाट सञ्चालन हुने योजना अन्र्तगत उपभोक्ताका पदाधिकारीहरुलाई अभिमुखिकरण, योजना सम्झौता र खाता सञ्चालन घुम्ति शिविर आज (आइतबार) मिझिङमा सम्पन्न भएको छ ।
कार्तिक २१ गते सुनिलस्मृति गाउँपालिका वडा नं ६ गजुलकोटबाट यो शिविर सञ्चालन भएको थियो । गाउँपालिका स्थापना भए पश्चात उपभोक्ताहरुबाट सञ्चालन हुने योजनाहरुको सम्झौता र खाता सञ्चालन घुम्ती शिविर वडाहरुबाट सञ्चालन भएको यो पहिलो पटक रहेको छ ।
यो कार्यले उपभोक्ता समितिहरु गाउँपालिका सम्म धाउनु पर्ने बाध्यता हटेको छ भने उपभोक्ता समितिहरुको खर्चमा समेत सहयोग पुग्ने भएको छ ।
चालु आर्थिक बर्षको पाचौँ गाउँकार्यपालिका बैठकको निर्णय नं. ५ अनुसार उपभोक्ता समितिहरुले २०८१ बैशाख मसान्तसम्म कार्य सम्पन्न गरी जेष्ठ मसान्तसम्म भुक्तानी गरि सक्नु पर्नेछ ।
निर्णय कार्यान्वनका लागि सबै उपभोक्ता समितिहरु वडा कार्यालयहरु, सवै शाखाहरु, सबै कर्मचारी तथा जनप्रतिनिधिहरुमा सक्रियताका साथ लाग्न पनि गाउँपालिकाले अनुरोध गरेको छ ।





प्रतिक्रिया दिनुहोस्