Ad image

लिबाङमा २ सय जना मोतियाबिन्दु बिरामीको सफल शल्यक्रिया

मालश्री खवर
मालश्री खवर ३० मंसिर २०८०, शनिबार
2 Min Read
Aa

मालश्री खबर, मंसिर ३० गते रोल्पा,

रोल्पाको सदरमुकाम लिबाङमा मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ ।

रोल्पा उद्योग वाणिज्य महासंघ रोल्पाको भवनमा ३ दिन सम्म संचलन भएको मोतियाबिन्दु शिविरमा २ सय जनाको सफल शल्यक्रिया गरिएको सामुदायिक आँखा केन्द्र रोल्पाका अध्यक्ष नौलसिंह पुनमगरले जनाकारी दिनु भएको छ ।

रोल्पानगरपालिकाबाट २६ जना पुरुष र ३६ जना महिला, माडी गाउँपालिबाट ७ जना पुरुष र २० जना महिला, सुनिलस्मृति गाउँपालिबाट ३ जना पुरुष र ४ जना महिला, लुङ्ग्री गाउँपालिबाट ८ जना पुरुष र महिला १ जना, थबाङ गाउँपलिकाबाट ८ जना पुरुष र ५ जना महिलाको शल्यक्रिया गरिएको छ ।

- Advertisement -
Ad image

त्यस्तै सुनछहरी गाउँपालिबाट ८ जना पुरुष र ४ जना महिला, परिवर्तन गाउँपालिबाट १६ जना पुरुष र १५ जना महिला, गंगादेव गाउँपालिकाबाट ७ जना पुरुष ६ जना महिला र त्रिवेणी गाउँपलिबाट १६ जना पुरुष र १० जना महिला गरी जम्मा १०१ महिला र ९९ जना पुरुषको सफल शल्यक्रिया गरिएको सामुदायिक आँखा केन्द्र रोल्पाका प्रमुख खडक भाटले मालश्री खबरलाई जानकारी दिनुभयो ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको आयोजनामा रोल्पा जिल्ला भरमा मंसिर १० गतेबाट विभिन्न स्थानमा मोतियाबिन्दु शिविरको आयोजना गरिएको थियो ।

३ दिन सम्म संचालन भएको शल्यक्रिया शिविरमा रोल्पानगरपालिकाले पनि सहयोग गरेको थियो ।

जिल्लाका विभिन्न स्थानमा भएको मोतियाबिन्दु छनोट शिविरबाट छनोट भएका मोतियाबिन्दु बिरामीको मंसिर २८, २९ र ३० गते गरी ३ दिन सम्म तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको नेत्र रोग बिशेषज्ञको टिमबाट शल्यक्रिया गरिएको सामुदायिक आँखा केन्द्र रोल्पाका प्रमुख खड्क भाटले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

Array