Ad image

व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न सुनछहरी गाउँपालिकाको अनुरोध

malashree
malashree २९ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

भरत विश्वकर्मा, मंसिर २९ गते रोल्पा ।

सुनछहरी गाउँपालिकाले व्यवसाय दर्ता नगरी सञ्चालन गरेका व्यवसायीहरूलाई व्यवसाय दर्ता गरेर सञ्चालन गर्न अनुरोध गरेको छ । गाउँपालिकाले आज (शुक्रवार) एक सूचना सार्वजनिक गर्दै व्यवसाय दर्ता नगरी सञ्चालन गरेका व्यवसायीहरूलाई तत्काल व्यवसाय दर्ता गरी सञ्चालन गर्न अनुरोध गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालसिंह खड्काद्वारा हस्ताक्षरित सूचनामा गाउँपालिका क्षेत्रभित्र व्यवसाय दर्ता नगरी सञ्चालन गरेका व्यवसायीहरूलाई सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र व्यवसाय दर्ता गरी सञ्चालन गर्न भनिएको छ ।

साथै सूचना प्रकाशित भएको मितिले सात दिन भित्र पनि व्यवसाय दर्ता नगरी सञ्चालन गर्ने व्यवसायीहरूलाई कानून बमोजिम कारबाही गरिने समेत चेतावनी दिइएको छ ।

- Advertisement -
Ad image

malashree

प्रतिक्रिया दिनुहोस्