मालश्री खबर, मंसिर २९ शुक्रबार ।
सुनिलस्मृति गाउँपालिकाले नदिजन्य पदार्थ चोरी निकासी रोक्ने भएको छ ।
गाउँपालिका क्षेत्र भित्र रहेका लुङ्ग्रि, माडि खोलाहरूबाट गाउँपालिकाको अनुमति विना नदिजन्य पदार्थ (ढुङ्गा, गिट्टी, वालुवा) चोरि निकासी भैरहेको हुदा त्यस्ता गतिबिधि रोक्न गाउँपालिकाले नगर प्रहरी परिचालन गरिएको छ ।
त्यस्तै खुङ्ग्रि चतुर्भुज देखि मिझिङ लमपुजासम्मको सडक क्षेत्रमा केही व्यक्तिहरूले सडकमै निर्माण सामाग्री राखि सवारी आवात जावत समस्या भैरहेको चौतर्फी गुनासो बढ्न थालेपछि गाउँपालिकाले सामाग्रीहरू तत्काल हटाउन अनुरोध गरिएको छ ।
नियमको अबज्ञा गरेमा नियम अनुसार कारबाही गर्नेपनि गाउँपालिकाले चेतावनी दिएको छ । चोरी निकासीमा संलग्न केहीलाई ईलाका प्रहरी कार्यालय सुलिचौर र खुङ्ग्रिको सहयोगबाट विभिन्न चरणमा कारवाहि समेत गरिएको अध्यक्षको सचिवालय सुनिलस्मृति गाउँपालिकाले जानकारी दिएको छ ।





प्रतिक्रिया दिनुहोस्