Ad image

जिल्ला न्यायाधीश भुसालद्धारा पत्रकारहरु सँग भेटघाट तथा अन्तरक्रिया

malashree
malashree २८ मंसिर २०८०, बिहीबार
4 Min Read
Aa

२८ मंसिर २०८०, बिहीबार

रोल्पा जिल्लाका न्यायाधीश खिमानन्द भुसालले (बिहीबार) जिल्ला स्थित क्रियाशिल पत्रकारहरु सँग भेटघाट तथा अन्तरक्रिया गर्नु भएको छ ।

रोल्पा जिल्ला अदालत बाट हुने सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी कसरी बनाउन सकिन्छ, भन्ने उद्देश्यले जिल्ला स्थित क्रियाशि पत्रकारहरु सँग अन्र्तक्रिया तथा भेटघाट गरिएको बताइएको छ ।

अन्र्तक्रिया कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश भुसालले मुद्दा फैसला कार्यान्वयन हुनु महत्वपुर्ण पाटो भएको बताउनु भएको छ । ‘कुनै पनि मुद्दा फैसला भएर मात्र हुदैन्’ यदि फैसला मुद्दा कार्यान्वयन नहुदा सम्म कसैले पनि न्याय पाएको अनुभुती नगर्ने बताउनु भयो । यसका लागी सञ्चार क्षेत्रको पनि महत्वपुर्ण भुमिका रहने हुनाले आम नागरिकलाई सहि सन्देश दिएर कानुनी क्षेत्रमा कलम चलाउन आग्रह गर्नु भएको छ ।

- Advertisement -
Ad image

 

रोल्पा जिल्ला अदालतमा अघिल्लो आर्थिक बर्षको १ सय २६ थान यो आर्थिक बर्षको अहिले सम्म २ सय २३ गरि जम्मा ३ सय ४९ मुद्धा पछिल्लो १८ महिनाको रहेको बताइएको छ । जसमा अहिले सम्म १ सय ९७ वटा मुद्धा फर्चोट भएको र बार्कि १ सय ५३ वटा मुद्धाहरु फर्चोट गर्न बार्कि रहेको समेत जिल्ला न्यायाधीश खिमानन्द भुसालले बताउनु भएको छ ।

अदालतमा अहिले सम्म सबै भन्दा धेरै मुद्दाहरु सम्बन्ध बिच्छेदको आउने गरेको समेत बताइएको छ । गत आर्थिक बर्षमा जम्मा मुद्दाहरु मध्य ३५ प्रतिशत मुद्दा सम्बन्ध बिच्छेदको रहेको छ । त्यस्तै नागरिकता समस्या भएको कारण पनि थुपै्र मुद्दाहरु आउने गरेको जिल्ला अदालत रोल्पाले जानकारी दिएको छ ।

अहिले पनि १ सय ६७ जना फरार भएका व्यक्तिहरु बाट २०८० साउन सम्म १ हजार १६ सय बर्ष ८२ दिन असुल उपर गर्न बार्कि रहेकोमा २०८० साल कार्तिक सम्म ९४ बर्ष १० महिना ११ दिन असुल उपरगरि गरि सकेको र अझै बार्कि ९ सय ११ बर्ष २ महिना ११ दिन असुल उपर गर्न बार्कि रहेको जिल्ला अदालत रोल्पा स्रेस्तेदार शिब प्रसाद पराजुलीले बताउनु भएको छ ।

कैद जरिवाना गर्न पर्ने रकम १ करोड ३५ लाख ९१ हजार ३१ रुपैया असुल उपर गर्न बाकि रहेको बताइएको छ । हाल सम्म ५ लाख ९० हजार ३ सय ९४ रुपैया मात्र असुल उपर गरिएको छ । अझै १ करोड ३० लाख ६ सय ३७ रुपैया असुल उपर गर्न बार्कि रहेको समेत स्रेस्तेदार पराजुलिले बताउनु भयो ।

अदालतमा कुनै व्यक्तिको नाममा मुद्दा परि सकेपछि उसको फिरात पत्र सम्बन्धीत व्यक्तिको ठेगानामा पठाने कानुनी व्यवस्था हुदा कहिले काँही जो आरोपीत हो उसलाई समयममा जानकारी नहुने भएको हुनाले त्यसको सजिलो लागी अनिबार्य मोबाइल नम्बर राख्ने आफुले नँया अभ्यासको व्यवस्था मिलाएको जिल्लाका न्यायाधीश खिमानन्द भुसालले बताउनु भएको छ ।
पत्रकारहरु सँगको भेटघाट कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश भुसालले मेलमिलाप गराउदा कतिपयले अलि धेरै रकम लिएको आफु कँहा सामान्य गुणासो आएको बताउदै, यदि त्यसो गरिएकोे भए अव त्यसको अन्त्य गर्ने समेत बताउनु भयो । मेलमिलाप कर्ताले एक पटकमा बढीमा पाँच सय रुपैया सम्म मात्र लिउन पाउने कानूनी व्यवस्था रहेको छ । तिन पटक सम्म मेलमिलाप गराउनु सकिने र एक पटकमा तिन जना सम्म मेलमिलाप कर्ता बस्न पाउने व्यबस्था रहेको छ । यदि कसैेले मेलामिलाप पछि खुशि भएर पाँच सय भन्दा बढी रकम दियो भने त्यसमा भने केही गर्न नमिल्लने समेत बताउनु भयो ।

न्यायाधीश भुसालले अहिले पनि केहि राजनितीक फौजदारी मुद्धाहरु पनि रहेको बताउनु भएको छ । भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर, संस्थापक अध्यक्ष काशीराम डाँगी, पुर्ब अध्यक्ष खेमबहादुर बुढा, निबर्तमान अध्यक्ष महेश न्यौपाने लगाएत जिल्लामा क्रियाशिल पत्रकारहरुकोे सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण जिल्ला अदालत रोल्पाका श्रेस्तेदार गर्नु भएको थियो ।

malashree

प्रतिक्रिया दिनुहोस्