Ad image

संचारकर्मी घर्तीको नेतृत्वमा उठेको आर्थिक सहयोगले वि.क. को सफल शल्यक्रिया

मालश्री खवर
मालश्री खवर २८ मंसिर २०८०, बिहीबार
2 Min Read
Aa

मालश्री खबर, मंसिर २८ गते ।

टाउकोमा गम्भिर चोट लागेर रकम अभावमा उपचार विहिन भएकी रोल्पाकी पुस्पा वि.क. को भारतमा सफल शल्यक्रिया भएको छ ।

रोल्पा गंगादेब ५ फुलबारीका सञ्चारकर्मी भुपेन घर्ती मगरको नेतृत्वमा पटक पटक गरि उठेको करिब ३ लाख आर्थिक सहयोगले उनको शल्यक्रिया सफल भएको हो ।

टाउकोमा ठुलो चोट लागेपछि आर्थिक अभावमा छटपटाएकी वि.क. लाई केहि सहयोग लिएर पहिलो पटक सञ्चारकर्मी घर्ती पुस्पाको घरमा गएका थिए । उनले पुस्पा र उनको परिवार सङ्ग एउटा भिडियो समेत बनाएका थिए । त्यस लगत्तै देश तथा विदेश बाट पुस्पाको उपचार गर्न विभिन्न व्याक्तिहरुले सहयोग गरेको घर्तीले रेडियो मालश्री सँग बताएका छन् ।

- Advertisement -
Ad image

स्थानिय सरकार बाट सहयोग गर्ने आश्वासन भएपनि अझै सम्म उक्त पिडित परिवारले सहयोग नपाएको पुस्पाका बुबा कलबीर बिक ले गुनासो पोखेका छन् ।

अझैपनि सक्नेले सक्दो सहयोग गर्न संचारकर्मी घर्ती मगरले आग्रह समेत गरेका छन । घर्ती लामो समयदेखि सञ्चार क्षेत्रमा रहेपनि उनले पछिल्ला दिनहरुमा सामाजिक तथा सहयोगी कार्यहरु गर्दै आएका छन । उनी अहिले राष्ट्रिय मिडियामा समेत आवद्ध रहेका छन ।

जिल्लाको गंगादेब गाउँपालिका वडा नं ७ का कलबिर वि.क आफ्नी छोरीको उपचार गर्न नेपालमा मोटो रकम लाग्नेभएपछि उपचार गराउन सकेका थिएनन् । उनले शल्यक्रिया भएपनि अझै चेकजाँचको लागि भारत नै जानुपर्ने र परिवारको आर्थिक अवस्था निक्कै कमजोर भएको भन्दै सहयोगको अपिल गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

Array