Ad image

नेपाल मानब अधिकार बर्ष पुस्तक २०२४ प्रकाशनको पूर्व तयारी बार्षिक समिक्षा कार्यक्रम सम्पन

मालश्री खवर
मालश्री खवर २७ मंसिर २०८०, बुधबार
2 Min Read
Aa

नेपाल मानब अधिकार बर्ष पुस्तक २०२४ प्रकाशनको पूर्व तयारी बार्षिक समिक्षा कार्यक्रम लिबाङमा सम्पन भएको छ ।


औपचारी क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजना र प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको प्रमुख आतिथ्यतामा समिक्षा कार्यक्रम भएको आयोजकले रेडियो मालश्रीलाई जानकारी दिएको छ ।

औपचारी क्षेत्र सेवा केन्द्र (इन्सेक)का साधारण सदस्य घनश्याम आचार्यको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक श्याम कुमार सारुमगर, जिल्ला अदालत रोल्पाका से्रस्तेदार शिब प्रसाद पराजुली, नेपार बार एशोसियसन रोल्पाका उपाध्यक्ष दामोदर प्रसाद सुबेदी, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, सस्थापक अध्यक्ष काशीराम डाँगी, पुर्ब अध्यक्ष खेम बुढामगर, निबर्तमान अध्यक्ष महेश न्यौपाने, काराकार कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख यामलाल वली, हुरेक रोल्पाका अध्यक्ष भोलानाथ आचार्य, रेडियो जलजलाका स्टेशन म्यानेजर देबी कुमारी गुरुङ, कान्तिपुर टिभीका संवाददाता मिनराज रोका लगाएतको आतिथ्यता रहेको थियो ।

समिक्षा कार्यक्रममा नेपाल मानब अधिकार बर्ष पुस्तक २०२४ को लागी प्रकाशनमा समेटिने बिषयहरु सत्यमा आधारीत हुनु पर्ने बताएका छन् । त्यसका साथै ब्यक्तिको गोप्पनीयताको हलकलाई समेत ख्याल राखेर मात्र जुन सुकै घटनालाई बाहिर ल्याउन पनि कार्यक्रममा बोल्ने सहभागीहरुले सुझाब दिएका छन् । कटिपय घटनालाई अदालतले फैसला नगर्दै बाहिर ल्याउदा पछि त्यो ब्यक्तिलाई अदालतले सफाई दिए पनि समाजले निर्दोष ब्यक्तिलाई पनि दोषीको रुपमा हेर्ने भएको हुनाले पुस्तकमा घट्नाहरु समेत्दा यस्ता कुरामा गम्भिर भएर ध्यान पु¥याउन समेत आग्रह गरेका छन् ।

- Advertisement -
Ad image

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले अब आउने नेपाल मानब अधिकार बर्ष पुस्तक २०२४ मा रोल्पा जिल्लाको मानब अधिकारको अवस्थाको सत्य तथ्य कुरा आउनु पर्ने बताउनु भएको छ ।

त्यसको लागी प्रसासन सकेको सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ । पुस्तकका रोल्पाका जिल्लाको मानब अधिकारको अवस्थाको बारेमा बास्तबिक कुराहरु बाहिर ल्याएर अन्य जिल्लालाई पनि रोल्पाको मानब अधिकारको अवस्थाको बास्तबिक कुराको सिको गरुन भन्ने उदेश्यका साथ काम गर्न समेत आयोजकलाई सुझाब दिनु भएको छ ।

कार्यक्रमको सहजिकरण औपचारी क्षेत्र सेवा केन्द्र (इन्सेक) रोल्पाका प्रतिनिधी तिलक घर्तिमगरले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array