Ad image

बडाचौरमा एकदिने मोतियाविन्दु छनोट शिविर सम्पन्न

मालश्री खवर
मालश्री खवर २६ मंसिर २०८०, मंगलवार
1 Min Read
Aa

मालश्री खबर

बडाचौर स्वास्थ्य चौकीमा एकदिने निःशुल्क मोतियाविन्दु छनोट शिविर सम्पन्न भएको छ ।

लुङ्ग्री गाउँपलिकाको बडाचौरमा आज (मंगलबार) संचालन भएको मोतियाविन्दु छनोट शिविरमा १२५ जनाले आँखाको जाँच गराएको बताइएको छ ।

आँखा जाच गराएका मध्य ९ जनाले चस्मा प्रयोग गर्नु पर्ने भएको छ भने ११ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्नु पर्ने भएको जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पाका कार्यालय प्रमुख खडक भाटले जानकारी दिनुभयो ।

- Advertisement -
Ad image

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडाँै, सामुदायिक आँखा केन्द्र रोल्पा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको आयोजनामा मंसिर १० गते देखी रोल्पाका विभिन्न स्थानमा यो शिविर संचालन भैरहेको छ ।

शिविरबाट छनोट भएका मोतियाविन्दुका बिरामीहरुको मंसिर २८ र २९ गते रोल्पा उद्योग वाणिज्य महासंघ लिबाङ, रोल्पाको भवनमा शल्यक्रिया हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array