Ad image

नेपाल तरुणदल रोल्पा नगर पालिकाको सभापतीमा साइराम परियार चयन

मालश्री खवर
मालश्री खवर २५ मंसिर २०८०, सोमबार
2 Min Read
Aa

मालश्री खबर, मंसिर २५ गते रोल्पा ।

नेपाल तरुणदल रोल्पा नगर पालिकाको पहिलो अधिवेशन सम्पन्न भएको छ ।

आज (सोमबार) नेपाली कांग्रस रोल्पाको पार्टी कार्यालयमा भएको अधिवेशनमा नेपाल तरुण दल रोल्पाका उपाध्यक्ष दिपक राणाको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रस रोल्पा कार्यसमितिका सचिव शेरबाहादुर थापा रहनु भएकाे थियाे ।

नेपाल तरुण दलको पहिलो अधिवेशनबाट साइराम परियारको अध्यक्षतामा नेपाल तरुणदल रोल्पा नगरपालिका कार्यसमिति चयन गरिएको तरुण दल रोल्पाले जानकारी दिएको छ । जस्को उपाध्यक्षमा तोयाराम घर्ति र नरबहादुर घर्ति, सचिव रेशम घर्ति, कोषाध्यक्ष जीवन डाँगी लगायत ११ सदसीय कार्यसमिति चयन गरिएको छ ।

- Advertisement -
Ad image

उक्त कार्यक्रमको अवसरमा नेपाल तरुण दल रोल्पाले नेपाली कांग्रस रोल्पा जिल्लाका सचिव शेरबाहादुर थापा रोल्पा अस्पातालको अस्पताल विकास समितिको अध्यक्षमा मनोनित भएकोमा थापालाई सम्मान गरेको नेपाल तरुण दल रोल्पाले जानकारी दिएको छ ।

अधिवेशन कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय सदस्य लालकुमारी पुन, नेपाली कांग्रस रोल्पा नगरपालिकाका सभापती चन्द्र प्रकाश आचार्य, नेपाल तरुण दल रोल्पाका कार्यबहाक अध्यक्ष पशुपती घर्तिमगर, जिल्ला सचिव लिलाधर आचार्य, जिल्ला कोषाध्यक्ष प्रताप घर्ति, नेपाल तरुण दल रोल्पा क्षेत्र नम्बर २ का क्षेत्रिय सभापती तिरजपती बुढामगर लगायत नेपाल तरुण दलका नेताहरुको समेत आतिथ्यता रहेको बताइएको छ ।

कार्यक्रमको संचालन नेपाल तरुण दल रोल्पा नगरपालिकाका सचिव खिमराज बुढामगरले गर्नु भएको थियो ।

आजनै बसेको नेपाल तरुण दल रोल्पा नगर समितीको पहिलो बैठकले कार्तिक १७ गते जाजरकोट केन्द्र बनाई गएको भुकम्पको कारण जाजरकोट र रुकुम पुर्वमा अस्थाई भौतिक संरचना निर्माणको लागि केन्द्रबाट नै निर्देशन आएकोले त्यस तर्फ जाने, संगठनलाई चलायमान बनाउन जिल्लाको वडा स्तरमा तरुणदल गठन गर्ने निर्णय भएको नेपाल तरुण दल रोल्पा कार्यसमितिले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array