Ad image

नेपाल पूर्व प्रहरी संगठन रोल्पाको अध्यक्षमा पुनः भण्डारी

मालश्री खवर
मालश्री खवर २३ मंसिर २०८०, शनिबार
2 Min Read
Aa

मालश्री खबर, मंसिर २३ गते रोल्पा ।
नेपाल पूर्व प्रहरी संगठन रोल्पाको ३३ औं वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशन शनिबार रोल्पाको लिबाङमा सम्पन्न भएको छ । अधिवेशनले पूर्व जिल्ला कार्यसमितिलाई निरन्तरता दिने गरी अनुमोदन गर्नुका साथै खाली रहेका दुई सदस्यमा मात्र पदपूर्ती गरिएको सचिव यामबहादुर गुरुङले जानकारी दिनुभयो ।

फोटो स्रोत नबिनलोचन मगर

जिल्ला कार्यसमितिको अध्यक्षमा तेजराज भण्डारी, उपाध्यक्षमा ओविलाल केसी, सचिवमा यामबहादुर गुरुङ र कोषाध्यक्षमा कैलाश श्रेष्ठ रहनुभएको छ । त्यस्तै सदस्यहरुमा मानबहादुर गुरुङ, चुडामणी पुन, बीरबहादुर गुरुङ, बेदबहादुर थापा, कमल बुढा, अतिराम कवर, कुले खत्री, निमा थापा, लक्ष्मी डाँगी, मेघलाल पुन र देवबहादुर घर्ती रहनुभएको छ ।

- Advertisement -
Ad image

अध्यक्ष तेजराज भण्डारीको अध्यक्षतामा आयोजित उदघाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रतिनिधि अमर केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै केसीले पूर्व प्रहरी संगठनको प्रगतिको कामना व्यक्त गर्नुभएको थियो । त्यस्तै विशिष्ट अतिथिका रुपमा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीराम भण्डारीले पूर्व प्रहरीहरुको योगदानकै कारण अहिले गर्व गर्न लायक संगठन र पेशा बनेको बताउँदै प्रहरी संगठनमा योगदान दिनुभएकोमा प्रशंसा गर्नुभयो । जिल्ला प्रहरी कार्यालयमा समन्वय डेस्क रहेको र समस्या परेको खण्डमा सहयोगका लागि जिप्रका तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बोल्दै नेपाल पूर्व प्रहरी संगठन लुम्बिनी प्रदेशका सचिव बासुदेव शर्माले जिल्लाहरुमा शाखालाई बलियो बनाउन नसकिए पनि पूर्व प्रहरी कर्मचारीलाई संगठित गर्ने कार्यका लागि संगठन लागिपरेको बताउनुभयो । उहाँले संगठनलाई आगामी दिनमा अझै क्रियाशील बनाउन आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचनमगर, भूतपूर्व सैनिक संघ रोल्पाका अध्यक्ष खिमविक्रम केसी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अवसरमा जनप्रतिनिधिको रुपमा निर्वाचित पूर्व प्रहरी संगठनका हुकुमबहादुर विष्टलाई सम्मान गरिएको थियो भने पाहुनाका रुपमा आउनुभएका संगठनका प्रदेश सचिव बासुदेव शर्मालाई मायाको चिनो प्रदान गरिएको थियो । उपाध्यक्ष ओविलाल केसीको सञ्चालन रहेको कार्यक्रममा सचिव यामबहादुर गुरुङले स्वागत गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array