Ad image

प्रथम जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता घर्तिगाउँमा उद्घाटन

मालश्री खवर
मालश्री खवर २३ मंसिर २०८०, शनिबार
2 Min Read
Aa

मालश्री खबर, मंसिर २३ गते रोल्पा ।

प्रथम जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिताको घर्तिगाउँमा उद्घाटन भएको छ ।

माडी गाउँपालिका तेक्वान्दो विकास समित, घर्तिगाउँ रोल्पाको आयोजना र राष्ट्रिय संगित कर्मी संघ रोल्पा सहआयोजनामा माडी गाउँपालिका घर्तिगाउँमा हिजो शुक्रबार उद्घाटन भएको हो ।

माडी तेक्वान्दो विकास समितिका अध्यक्ष मधुसुधन बुढामगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमा पुनको प्रमुख आतिथ्यता र विशेष अतिथिमा माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्तिमगर रहनु भएको थियो ।

- Advertisement -
Ad image

अतिथिहरुमा पूर्व मध्यपश्चिम खेलकुद विकास समितिका सदस्य तथा जिल्ला खेलकुद विकास समितिका संस्थापक अध्यक्ष कृष्ण बहादुर घर्तीमगर, माडी गाउँपालिका २ नं. का वडा अध्यक्ष ललित घर्तिमगर,  लुम्विनी प्रदेश तेक्वान्दो संघका सदस्य तथा राष्ट्रिय रेफ्री लोकेन्द्र सेन, पालिका स्थित राजनितिक दलका प्रमुख÷प्रतिनीधि, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक, तेक्वान्दो खेलका अन्तर्राष्ट्रिय रेफ्री तथा उक्त खेलका संयोजक दिनेश बुढामगर, तेक्वान्दो खेलका राष्ट्रिय रेफ्री तथा उक्त प्रतियोगिताको रेफ्री संयोजक त्रिभुवन रानामगरको उपस्थित थियो ।

त्यस्तै पूर्व नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिङ विक, नेपाल पत्रकार महासंघ रोल्पाका जिल्ला सदस्य बुद्धिमान वली, तेक्वान्दो खेलका राष्ट्रिय रेफ्री जुमान विक, तेक्वान्दो खेलका राष्ट्रिय रेफ्री संगम रोकामगर, तेक्वान्दो खेलका राष्ट्रिय रेफ्री स्वर्णिम रोकामगर, तेक्वान्दो खेलका राष्ट्रिय रेफ्री अथोट रोकामगर, तेक्वान्दो खेलका रेफ्री नगेन्द्र विक लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन बिर सिङ वलीले गर्नु भएको रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष हेमन्त खत्रीले मालश्री खबरलाई जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array