Ad image

रोल्पा नगरपालिकाको चौमासिक बुलेटिन प्रकाशन

मालश्री खवर
मालश्री खवर २२ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, मंसिर २२ गते रोल्पा ।

रोल्पा नगरपालिकाको चौमासिक बुलेटिन प्रकाशन भएको छ । नगर प्रमुख सुरेन्द्र थापा घर्तीले आज बुलेटिन बिमोचन गर्नुभएको हो ।

अब नगरपालिकाका विभिन्न शाखाहरुको प्रत्येक चौमासिक जानकारी तथा शाखागत गतिविधिहरु बुलेटिन मार्फत सबैले जानकारी पाउन सक्ने रेडियो मालश्रीलाई रोल्पा नगरपालिका नगरप्रमुखको सचिवालय जानकारी दिएको छ ।

रोल्पा नगरपालिका सुशासन तथा क्षमता विकास समितिको निर्णय अनुसार नगरपालिकाको सम्पूर्ण शाखाहरुको चौमासिक नियमित गतिविधिहरु सार्वजनिक गर्ने उदेश्यले चौमासिक बुलेटिन सार्वजनिक गरिएको छ ।

- Advertisement -
Ad image

कार्यक्रमका अवसरमा नव कर्मचारीहरु पशुसेवा प्राविधिक कुमार भण्डारी र रोजगार सहायक सञ्चिता कंवरलाई स्वागत गरिएको छ । नगर प्रमुख सुरेन्द्र थापा घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा राजश्वशाखा प्रमुख धर्मराज डांगी, आलेप शाखा प्रमुख हरि बहादुर केसी, विभिन्न शाखा प्रमुखहरु लगायत नगरपालिकाका कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत सुदिप डांगीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array