Ad image

असल पालिकाले असल नागरिक उत्पादन गर्छ – सांसद पुन

मालश्री खवर
मालश्री खवर २२ मंसिर २०८०, शुक्रबार
2 Min Read
Aa

मालश्री खबर, मंसिर २२ रोल्पा

लुम्बिनी प्रदेश सभाका सदस्य दिपेन्द्र कुमार पुनले असल पालिकाले असल नागरिक उत्पादन गर्ने बताउनु भएको छ ।

शुक्रबार परिवर्तन गाउँपालिका खेलकुद विकास समितिले आयोजना गरेको परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।

पुनले परिवर्तन गाउँपालिकाले खेलकुद क्षेत्र र दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने समेत बताउनु भएको छ।हरेक क्षेत्रको विकास भए मात्र सम्पन्न भएको मान्ने गरिने गरेकोकोले खेलकुद क्षेत्रमा विकास गर्नु भनेको पनि असल काम भएको मानिन्छ– उनले भने । अहिलेको देशको परिस्थितिको स्मरण गर्दै पुनले आज देशमा अजारकता सिर्जना भएको र राजा शासन, राना शासन नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले अन्त्य गरेको र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको बताउनु भएको छ ।

- Advertisement -
Ad image

संविधान जारी भएको आठ बर्ष पुग्दै गर्दा अहिले राजनीतिक दलका नेता कार्यकर्ता र कर्मचारीहरु भष्ट्रचारको आरोप लागि जेलमा गएको समेत बताउनु भएको छ।अहिले संघीयता खारेजको आवाज उठिरहेको बताउदै अहिले लामो संघर्ष पश्चात् उपलब्धि भएको संघीयतालाई जोगाउनु सबै लाग्नुपर्ने समेत बताउनु भएको छ ।

अहिले संघीयता नआएको भए यसरी परिवर्तन गाउँपालिकामा खेलकुद आयोजना गरी धेरै मानिसको जमघट हुने वातावरण नबन्ने समेत दाबी गर्नु भएको छ । अहिले सहिद मार्गमा बाटो निर्माण कार्यले तीव्रता पाएको बताउदै स्तर उन्नति र पिच गर्ने गरी काम भइ रहेको छ–उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

Array