Ad image

सहिद नैनसिङ खत्री स्मृति दिवसमा शैक्षिक पुरस्कार वितरण

मालश्री खवर
मालश्री खवर २२ मंसिर २०८०, शुक्रबार
2 Min Read
Aa

मालश्री खबर, मंसिर २२ गते रोल्पा ।

नैनसिङ खत्रीको स्मृति दिवसको अवसमा अन्तरक्रिया, शैक्षिक पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

वीर सहिद नैनसिङ खत्रीको २९ औ स्मृति दिवसको अवसरमा अन्तरक्रिया, शैक्षिक पुरस्कार तथा सम्मान कार्यक्रम हिजो बिहिबार रोल्पा नगरपालिका वडा नं १० बासिन्धारा धबाङ, रोल्पामा सम्पन्न भएको हो ।

कार्यक्रममा बाल विकास आधारभूत विद्यालय माझिङ, जनप्रिय आधारभूत विद्यालय ठुलोगाउँ र विश्वतेज आधारभूत विद्यालय भनभने धबाङमा अध्ययनरत विधार्थीलाई पुरस्कार प्रदान गरिएको छ ।

- Advertisement -
Ad image

ति विद्यालयमा प्रथम हुने छात्रा र छात्र, दलित तर्फ विद्यालय प्रथम हुने छात्रा र छात्र, विद्यालय प्रथम हुने अपाङ्ग छात्रा र छात्र गरी ३ वटा आधारभूत विद्यालयका १८ जना छात्र छात्रहरुलाई शैक्षिक सामग्री पुरस्कार वितरण गरिएको छ ।

सहिद नैनसिङ खत्री स्मृति प्रतिष्ठान रोल्पाका अध्यक्ष तथा सहिद नैनसिङ खत्रीका छोरा मानबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व आमन्त्रित केन्द्रीय सदस्य एबं नेपाली काग्रेस रोल्पाका पूर्व जिल्ला सभापति, समाजसेवी कृष्ण बहादुर घर्ती मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

विशेष अतिथिमा रोल्पा जिल्ला नेपाली काग्रेसका पार्टी सचिब शेर बहादुर थापा, रोल्पा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष मतिलाल डाँगी रहनुभएको थियो ।

अतिथिहरुमा नेपाली काग्रेसका पूर्व जिल्ला सदस्य तथा नेपाल किसान संघका अध्यक्ष खिमलाल वली, नेपाली काग्रेस रोल्पा नगरपालिकाका नगर सचिब दलमन पुन, नेपाली काग्रेस १० नं वडा सभापति बलबहादुर महरा तथा वडा स्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरु, गुरुदय मावि धबाङ सुनवाङका प्रधानाध्यापक कौशल खत्री, जनता आवि भनभने धबाङका तत्कालिन प्रधानाध्यापक तथा सम्मानित व्यक्तित्व जुमान बहादुर वलीको आतिथ्यता रहेको थियो ।

त्यस्तै जनता आवि भनभने धबाङका शिक्षक जंग बहादुर बुढा, बाल विकास आवि सुनबाङ धबाङका प्रधानाध्यापक मतिलाल घर्तीमगर, जनप्रिय आवि ठुलोगाउँ धबाङका प्रधानाध्यापक दुर्गा बहादुर पुन, नेपाली काग्रेस १० नं वडाका उपसभापति सर्वजित डाँगी, सचिब टोपबहादुर डाँगी, सचिब गुमान वली, कोषाध्यक्ष टेकबहादुर महरा, विभिन्न आमासमूहका अध्यक्षहरु लगायतका व्यक्तिहरुको आथित्यता रहेको थियो भने प्रतिष्ठान परिवार खत्री परिवार शैक्षिक पुरस्कार प्राप्त गर्ने छात्रछात्राहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

Array