Ad image

पाछाबाङमा सचलन भएको मोतियाविन्दु छनोट शिविरमा १०४ जनाले आँखा जाँच गराए

मालश्री खवर
मालश्री खवर २२ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, मंसिर २२ गते रोल्पा

एकदिने निःशुल्क मोतियाविन्दु छनोट शिविर पाछाबाङमा सम्पन्न भएको छ ।

रोल्पाको सबै स्थानिय तहमा छनोट शिविर संचालन अन्र्तगत परिवर्तन गाउँपालिकाको पाछाबाङ स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा १०४ जनाले आँखा जाँच गराएका हुन् ।

जम्मा बिरामी मध्य ६३ पुरुष र ४१ जना महिला रहेका छन् । २४ जनाले चस्मा प्रयोग गर्नुपर्ने भएको छ भने ७ जना महिला, ५ जना पुरुष गरी १२ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्नु पर्ने भएको जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पाका कार्यालय प्रमुख खडक भाटले जानकारी दिनुभयो ।

- Advertisement -
Ad image

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौ, सामुदायिक आँखा केन्द्र रोल्पा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको आयोजनामा मंसिर १० गते देखी रोल्पाका विभिन्न स्थानमा यो शिविर संचालन भैरहेका छन् ।

शिविरबाट छनोट भएका मोतियाविन्दुका बिरामीहरुको मंसिर २८ र २९ गते रोल्पा उद्योग वाणिज्य महासंघ रोल्पाको भवनमा शल्यक्रिया हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

Array