Ad image

मासु व्यावसायि र सरोकारवालाहरु सँगको अन्र्तक्रिया कार्यक्रम लिबाङ सम्पन्न

मालश्री खवर
मालश्री खवर २१ मंसिर २०८०, बिहीबार
5 Min Read
Aa

मालश्री खबर, मंसिर २१ रोल्पा ।
जिल्लाका मासु व्यावसायिहरुको सरोकारवालाहरु सँगको अन्र्तक्रिया कार्यक्रम आज लिबाङ सम्पन्न भएको छ ।


भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाको आयोजनामा रोल्पा जिल्ला भर रहेका मासु व्यावसायिहरु र अन्य सरोकारवाला पक्षसँग अन्र्तक्रिया कार्यक्रम गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाले रेडियो मालश्रीलाई जानकारी दिएको छ ।

रोल्पा नगरपालिका नगर प्रमुख सुरेन्द्र थापा घर्तिमगरको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको बिशिष्ट आथिथ्यतामा उक्त अन्र्तक्रिया कार्यक्रम गरिएको बताइएको छ ।

अन्र्तक्रिया कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डाक्टर शंकर न्यौपानेले मासु, मासु जन्य रोगहरु र स्वच्छ मासु उत्पादनमा पशु बद्यशाला तथा व्यवस्थित मासु पसल सञ्चालन कसरी गर्न सकिन्छ भन्ने बारे एक प्रस्तुती मार्फत जानकारी गराउनु भएको थियो ।

- Advertisement -
Ad image

कार्यालय प्रमुख डाक्टर न्यौपानेले प्रस्तुती मार्फत रोगी पशु पंक्षीको मासु सेवन बाट मानिसमा कसरी रोग्न सर्छ, स्वस्थ मासु सेवन गर्दा मानव स्वास्थ्यलाई कस्तो फाइदा हुन्छ, पशु पंक्षीलाई कसरी बद्य गर्ने, कस्तो स्थानमा बद्यशाला बनाउने, काट्नु पुर्व स्वस्थ पशु पंक्षी भए नभएको बारेमा कँहा कसरी पत्ता लगाउने, मासु काट्ने स्थान कस्तो हुनु पर्ने,काटिसकेको मासुलाई कसरी भण्डारण गर्ने भन्ने बारेमा जानकारी गराउनु भएको थियो ।

त्यसका साथै भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डाक्टर शंकर न्यौपानेले रोल्पा जिल्लामा मासु काट्ने स्थान र भण्डारण गर्ने स्थान आफु अनुगमनको क्रममा जादा भेटेको अवस्थाको बारेमा समेत जानकारी गराउनु भएको थियो ।

डाक्टर न्यौपानेका अनुसार रोल्पा जिल्लाका अधिकांस मासु पसलहरु सामान्य मापडण्ड पनि पालना नगरेर सञ्चालन भईरहेको आफुले पाएको समेत बताउनु भएको छ ।

सयमा सामान्य एक दुई प्रतिशत मात्र मासु व्यावसाय सञ्चालनको लागी आवश्यक पर्ने मापडण्ड पुरा गरेको भेट्टियो बार्कि सबै त्यतिकै अव्यवस्थित तरिकाले जिल्लामा सञ्चालनमा रहेको आफुहरुले पाएको टेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डाक्टर शंकर न्यौपानेले बताउनु भयो ।


कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रोल्पाका नगरपालिका मेयर सुरेन्द्र थापा घर्तिमगर मासु व्यावसायिहरुले आम नागरिको स्वास्थ्यमा खेलबाद गरेर मासु व्यावसाय सञ्चालन गर्न नहुने बताउनु भएको छ । व्यावसाय सञ्चालन गर्दा दर्ता गरेर आवश्यक व्यावसाय सञ्चालन गर्दा प¥याउनु पर्ने आवश्यक मापडण्ड पुरा गरि मात्र व्यावसाय सञ्चालन गर्न जिल्लाका मासु व्यावसायिहरुलाई सझाब दिनु भएकोे छ ।

त्यस्तै सोही कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले हिजो यसरी व्यावसायि गरिएको थियो, चलेको थियो, आज पनि यसरी नै व्यावसाय गर्नु पर्छ, चल्छ भन्ने मान्यता बोकेर व्यावसायि गर्न जिल्लाका मासु व्यावसायिहरुलाई आग्रह गर्नु भएको छ । अव त्यसरी व्यावसाय सञ्चालन गरेको पाइएमा भेटिएमा त्यस्तो व्यावसायिलाई तत्काल कार्वाहि गरि उसको व्यावसायि समेत बन्द गरिदिने चेतावनी समेत दिनु भएको छ । प्रमुख जिल्ला अधिकारी घिमिरेले अहिले पनि अधिकांस मासु व्यावसायिहरु दर्ता बिना नै सञ्चालनमा रहेको अनुगमनका क्रममा भेट्टिएको भन्दै त्यस्ता व्यावसायिहरुलाई कि तत्काल दर्ता प्रक्रियामा आएर मात्र व्यावसाय सञ्चालन गर्न सुझाब दिनु भएको छ ।

आफुले गर्ने व्यावसायमा अरुको भर परेर धेरै अनुदानको आस गर्नु भन्दा पनि मेरो व्यावसाय म आफै राम्रो र व्यवस्थित बनाउनु पर्छ भन्ने मान्यता बोकेर व्यावसाय सञ्चालन गर्न समेत सबै मासु व्यावसायिहरुलाई आग्रह गर्नु भएको छ ।

अहिले पनि अनुदानको नाममा आफु कँहा केही गुनासो आएको हुनाले त्यसको पनि आफुले प्रसासनको तर्फ बाट अनुगमन र निग्रानि गर्ने समेत बताउनु भएको छ ।

कार्यक्रममा रोल्पा जिल्ला भरका सबै स्थानिय तहमा रहेका पशु सेवा शाखाका प्रमुखहरुले पनि आफ्नो पालिकामा हाल मासु व्यावसाय सञ्चालनको अवस्थाको बारेमा रिपोटिङ मार्फत जानकारी गराएका थिए ।

कार्यक्रमममा सहभागि केहि मासु व्यावसायिहरुले मासु काट्ने बद्य गर्ने स्थान नहुदा आफुहरुलाई समस्या भएको गुनासो राखेका थिए । त्यसकालागी सम्बन्धित निकाए र स्थानिय सरकारले मासु काट्ने बद्य गर्ने स्थान बनाइदिन सके पनि आफुहरुलाई ठुलो राहत हुने समेत बताएको छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पा अध्यक्ष नबिनलोेचन मगर र जिल्ला मासु व्यावसायि संघ रोल्पाका अध्यक्ष टंक बहादुर बुढामगरले पनि आफ्नो भनाई राख्नु भएको थियो ।

उक्त कार्यक्रममा रोल्पा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक श्याम कुमार सारुमगर, उद्योग बाणिज्य संघ रोल्पाका प्रतिनिधी, अन्य पत्रकार, मामु व्यावसायिहरु लगाएको समेत उपस्थिती रहेको थियो ।

भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डाक्टर शंकर न्यौपानेको अध्यक्षतामा भएकोे कार्यक्रमको सञ्चालन भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाका नायव सुब्बा सुचना अधिकारी गिर बहादुर घर्तिमगरले गर्नु भएको थियो । भने कार्यक्रममा स्वागत मनतव्य भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाका डाक्टर प्रतिभा थापामगरले राख्नु भएको थियो ।

   

प्रतिक्रिया दिनुहोस्

Array