Ad image

परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिताको पुनले उद्घाटन गर्ने

मालश्री खवर
मालश्री खवर २१ मंसिर २०८०, बिहीबार
3 Min Read
Aa

मालश्री खबर, मंसिर २१ रोल्पा ।

परिवर्तन गाउँपालिकामा अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को रोल्पा जिल्ला प्रतिनिधि सभाका सांसद बर्षमान पुन र लुम्बिनी प्रदेश सभाका सदस्य दिपेन्द्र कुमार पुनले उद्घाटन गर्नुहुने भएको छ ।

“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका खेलकुद“ भन्ने मुलनाराका साथ परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० परिवर्तन गाउँपालिकाको तत्वबधान तथा परिवर्तन गाउँपालिका खेलकुद विकास समिति रोल्पाको आयोजनामा मिति २०८० साल मङ्सिर २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय उप–महासचिव बर्षमान पुनको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश सभाका सदस्य दिपेन्द्र कुमार पुनको विशिष्ट आतिथ्यतामा शुक्रबार उद्घाटन हुने आयोजकले जानकारी दिएको हो ।

शुक्रबार मध्याह्न १२ः३० बजे उद्घाटन हुने भएकोले परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगितामा परिवर्तन गाउँपालिका भित्रका ६ ओटै वडाबाट छनोट भएका खेलाडीहरु, जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, खेलप्रेमी, बुद्धिजीवी, व्यापारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, पत्रकार, आमा समूह, युवा समूह, युवा क्लब, पैसरु समूह, बाजा समूह, विभिन्न झाँकी समूह लगायतलाई सभ्य तथा भव्य रूपमा सफल बनाई दिनको लागि उपस्थित भइ दिन समेत परिवर्तन गाउँपालिका खेलकुद विकास समितिले आग्रह गरेको छ ।

- Advertisement -
Ad image

फुटबल ढ ए साइड पुरुष तथा महिला। भलिबल पुरुष तथा महिला। कबड्डी पुरुष द्यभयिध डछ तथा महिला दभयिध ठछ। एथलेटिक्स पुरुष तर्फ १ सय मिटर दौड, ८ सय मिटर दौड, ३ हजार मिटर दौड, लमजम्प, हाईजम्प, ज्याबलिङ थ्रो र सटफुट । महिला तर्फ १ मिटर दौड, ८ सय मिटर दौड, ३ हजार मिटर दौड, लमजम्प, हाईजम्प, ज्याबलिङ थ्रो र सटफुट। बक्सिङ तर्फ पुरुष ५१ केजी, ५४ केजी, ५७ केजी आयोजना गरिएको छ ।

त्यस्तै बक्सिङ महिला तर्फ ५० केजी, ५४ केजी ५७ केजी। कराँते तर्फ पुरुष अण्डर ४२ केजी, अण्डर ४७ केजी, अण्डर ५२ केजी। महिला तर्फ अण्डर ४० केजी,अण्डर ४५ केजी, अण्डर ५० केजी। आईटीएफ तेक्वान्दो तर्फ पुरुष ४१ टु ४५ केजी तौल समूह ४६ टु ५० केजी तौल समूह, ५१ टु ५५ केजी तौल समूह। महिला तर्फ ३६ टु ४० केजी तौल समूह, ४१ टु ४५ केजी तौल समूह,४६ टु ५० केजी तौल समूह। क्रीकेट पुरुष तथा महिला टि–ज्ञण्। ब्याडमिन्टन तर्फ मिन्स डबल र ओमिन्स डबल रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

Array