Ad image

सुनिलस्मृति गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत पुरानोलाई बिदाई

मालश्री खवर
मालश्री खवर २० मंसिर २०८०, बुधबार
2 Min Read
Aa

मालश्री खबर, मंसिर २० गते रोल्पा
सुनिलस्मृति गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत पुरानोलाई बिदाई गरिएको छ । बुधबार एक कार्यक्रमको बिचमा गाँउपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएर आउनु भएको गोबिन्द भट्टराईलाई स्वागत र हालका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल सरुवा भएर अन्यत्र जाने भए पछि नयाँलाई स्वातग र पुरानोलाई बिदाई गरिएको हो ।


नयाँ आगन्तुक प्रमुख प्रशासकीय अधिकृत गोबिन्द भट्टराई लाई स्वागत र सरुवा हुनुभएका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल लाई आज गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मिना थापा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, गाउँपालिकाका कर्मचारी, पत्रकार लगाएतको सहभागितामा स्वागत सँगै विदाई गरिएको हो ।

कार्यक्रममा बोल्दै सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मनिराम बुढाथोकीले सरुवा भएर अन्यत्र जान लाग्नुभएका प्रमुख प्रशासकीय अधिकृतसँगको कार्य अनुभवको स्मरण गर्दै काम गर्दा सधै अरू भन्दा फरक भएर काम गर्नुपर्ने बताउनु भएको थियो । प्रमुख प्रशासकीय अधिकृतले सुनिलस्मृति गाउँपालिकामा रहदा गरेको कामको प्रशंसा गर्दै उहाँले नयाँ प्रमुख प्रशासकीय अधिकृतसँग पनि राम्रो सहयोगको अपेक्षा गाउँपालिकाको रहेको बताउनुभयो । नयाँ आउनुभएका प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत सहित शुभकामना व्यक्त गर्दै गाउँपालिका अध्यक्ष बुढाथोकीलेले सबैको साथ र सहयोगले गाउँपालिका राम्रो कार्य गरिरहेको उल्लेख गर्नुभयो ।

गाँउपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा आउनु भएका गोबिन्द भट्टराईले कानुनी मार्गलाई पहिल्याएर सबैको साथ र सहयोगले सुनिलस्मृति गाउँपालिकामा पनि आफ्नो कार्यलाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

- Advertisement -
Ad image

त्यस्तै सरुवा भएर अनेत्र जान लाग्नु भएको गाँउपालिका हालका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले सुनिलस्मृति गाउँपालिकामा आफूले गरेको कामलाई सुनौलो अवसरको रूपमा लिएको बताउनुभयो । उहाँले विभिन्न बाधाहरूको सामना गर्दै सबै एक भएर कामलाई अगाडी बढाएको बताउदै अन्य कर्मचारीहरूलाई नयाँ आउनुभएका प्रमुख प्रशासकीय अधिकृतसँग पनि सहकार्य गरी उत्कृष्ट कार्य गर्न सुझाब दिनुभयो ।

सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको अध्यक्षतामा गरिएको कार्यक्रमको स्वागत मन्तव्य गाउँपालिका उपाध्यक्ष मिना थापाले गर्नुभएको थियो ।

कार्यक्रममा सुनिलस्मृति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मतिम आलम, वडा नम्बर ५ का वडा सचिव मेख बहादुर थापाले आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख रणबिर बुढाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array