Ad image

चार बर्ष पछि गंगादेव गाउँपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत

मालश्री खवर
मालश्री खवर २० मंसिर २०८०, बुधबार
2 Min Read
Aa

मालश्री खबर, मंसिर २० गते रोल्पा

गंगादेव गाँउपालिकाले चार बर्ष पछि प्रमुख प्रशासकीय अधिकृत पाएको छ । रोल्पाको गंगादेव गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनुभएका दृर्गा बहादुर वलीलाई स्वागत गरिएको छ । गंगादेव गाउँपालिको वडा नं. २ को वडा कार्यालयमा बुधबार आज एक कार्यक्रमका विच स्वागत गरिएको हो ।

गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अमृता कुमारी केसी लगायत गाउँपालिकाका विभिन्न शाखा तथा वडाका कर्मचारीहरुले अबिर, खाँदा र फूलले स्वागत गरेका हुन् । लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको गाउँपालिकाको कार्यलय प्रमुखमा दुर्ग बहादुर वली रुकुमको बाफिकोट गाउँपालिका बाट सरुवा भै गंगादेव गाउँपालिकामा आउनु भएको हो ।

प्रमुख प्रशासकिय अधिकृतले आजैदेखि जिम्मेवारी सम्हाल्नु भएको छ । भ्रर्खरै जिम्मेवारी सम्हाल्नु भएका प्रमुख प्रशासकिय अधिकृत वलीले सरकारको निति नियम अनुसार गाउँपालिकाको समग्र विकास र सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै जनप्रतिनिधी र आफ्ना सहकर्मी कर्मचारीहरुसगँ मिलेर काम गर्ने र सर्बसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने समेत बताउनु भयो ।

- Advertisement -
Ad image

आजको स्वागत कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनले कर्मचारी र जनप्रतिनिधी विचको सहकार्यले मात्र गाउँपालिकाको विकास सम्भव हुने बताउनु भयो ।

यसैगरी लामो समय देखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आउनु भएका शालीकराम बस्नेत लाई पनी विशेष धन्यवाद दिनुभयो । निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिरहदाँ थुप्रै जिटिल समस्याहरु आएपनी सहजै काम गर्नुभएकोमा विशेष धन्यावाद व्यक्त गर्नुभयो । आजको कार्यक्रमको सञ्चालन गंगादेव गाउँपालिका आन्तरिक लेखा परिक्षक उदयप्रकाश वलीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array