Ad image

ब्रीटिश आर्मीका भुपू कर्णेल एन्डरो मिल्स साहेवद्धारा राङ्सी र माडी ३ वडालाई जोड्ने झोलुङ्गे पुलको उद्घाटन

मालश्री खवर
मालश्री खवर १९ मंसिर २०८०, मंगलवार
5 Min Read
Aa

१९ मंसिर २०८०, मंगलवार

परिवर्तन गाउँपालिका २ राङ्सी र माडी गाउँपालिका ३ वडालाई जोड्ने झोलुङ्गे पुलको उद्घाटन भएको छ । आज (मंगलबार) माडी खोला, माडीबाङ्ग झोलुङ्गे पुलको एक कार्यक्रमको बीच उद्घाटन गरिएको हो । कादुरी एग्रीकल्चरल एड एसोसिएसन ब्रीटिश गोर्खा नेपाल पोखराद्वारा माडीबाङ्ग र भस्माखोर गाउँ, परिवर्तन गाउँपालिका र माडी गाउँपालिका वडा नम्बर २ र ३ को सहयोगमा निर्माण गरिएको हो ।

२०७९ माघ २५ गतेबाट उक्त झोलुङ्गे पुल निर्माण कार्य सुरु गरिएको थियो । साथै सो पुललाई निर्माण कम्पनी कादुरी एग्रीकल्चरल एण्ड एसोशिएसन ब्रीटिश गोर्खाज नेपाल पोखराका म्यानेजर अबोध माँझीले परिवर्तन र माडी गाउँपालिकाको वडा नम्बर २ र ३ का दुबै उपभोक्ता समितिलाई २०८० जेठ ९ गते हस्तान्तरण गरेका थिए । उतिबेला योजनाको नियमित मर्मत सम्भारको जिम्मेवारी उपभोक्ताहरुलाई दिईएको थियो । साथै प्राकृतिक प्रकोप बाढी, पहिरो, भुकम्प आदिको कारणले गर्दा ठूलो मर्मत गर्नुपरेमा सहयोगी दाताको सहयोग रहने उल्लेख समेत छ । ८३ लाख ३८ हजार १ सय ४१ रुपैयाँ १६ पैसा लागतमा बनेको सो पुलले त्यहाँका स्थानियहरुलाई आवागमनमा सहज हुने भएको छ ।

- Advertisement -
Ad image

जसमा उपभोक्ताहरुको १ लाख ३६ हजार रुपैयाँ लागेको छ । उपभोक्ता समितिका अध्यक्ष चिज बहादुर बिकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको ब्रीटिश आर्मीका भुपू कर्णेल तथा कादुरी एग्रीकल्चरल एण्ड एसोशिएसनका कार्यक्रम डाइरेक्टर एन्डरो मिल्स साहेवले झोलुङ्गे पुलको रिबन काँटेर उद्घाटन गर्नु भएको हो । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन र कादुरी एग्रीकल्चरल एण्ड एसोशिएसन ब्रीटिश गोर्खाज नेपाल काँस्की पोखराका टेक्निकल डाइरेक्टर डाक्टर नारायण गुरुङको विशिष्ट आतिथ्यता रहेको थियो ।

परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर, माडी गाउँपालिकाका उपाध्यक्ष जयपुरी घर्ती मगर, माडी गाउँपालिका ३ का वडा अध्यक्ष बल बहादुर बुढा मगर, परिवर्तन गाउँपालिका–२ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगर, परिवर्तन गाउँपालिका–२ का वडा सदस्य उत्सीप गोतामे र माडी गाउँपालिका–३ का पूर्व वडा अध्यक्ष दल बहादुर घर्ती लगायतको समेत आतिथ्यता रहेको थियो । कार्यक्रममा अन्य जनप्रतिनिधि र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु सुरक्षाकर्मी, २ वडाका विभिन्न आमा समूह, मयुर नाच र पैसरु समूहहरुको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथी ब्रीटिश आर्मीका भूपू कर्णेल तथा कादुरी एग्रीकल्चरल एण्ड एसोशिएसनका कार्यक्रम डाइरेक्टर एन्डरो मिल्स साहेवले “म यहाँ आउँदा निकै उत्साहित र खुशी छु । मेरो संस्थाले गरेको कामको प्रत्यक्ष रूपमा आएर अवलोकन गर्ने अवसर पाएको म निकै आभारित छु–उनले भने, राम्रो काम भएको पाएको छु र आगामी दिनमा पनि मेरो संस्थाले यस्तै काम गर्न चाहन्छ नेपालमा र मेरो संस्था नेपाली जनताको लागि काम गर्न तयार रहेको छ–साहेवले भने, म भाग्यमानी ठान्दछु, यहाँको आम नागरिकसँग प्रत्यक्ष भेट हुने अवसर मिल्यो म संस्थाको टिमलाई धन्यवाद दिन्छु र फेरि पनि यस्तै आउने अवसर मिलोस् भन्ने अपेक्षा आफूले गरेको छु–उनले भने” ।

 

विशिष्ट अतिथी लुम्बिनी प्रदेशका सभा सदस्य दिपेन्द्र कुमार पुनले उद्घाटन कार्यक्रमको ब्यानर पढेर कादुरी एग्रीकल्चरल एण्ड एसोशिएसन संस्थाले नेपालका विभिन्न ठाउँमा धेरै राम्रो काम गरेको स्मरण गराउदै रोल्पा जिल्लामा पनि यो संस्थाले निकै राम्रो काम गरेको बताउनुभयो ।

यहाँ निर्माण भएको झोलुङ्गे पुल पनि निकै महत्त्वपूर्ण काम भएको छ, त्यसैले म संस्थालाई धन्यवाद दिन चाहन्छु–सांसद पुनले भने । आगामी दिनमा पनि पुलको विकासमा यो संस्थाले रोल्पामा महत्त्वपूर्ण भूमिका खेल्ने र अन्य ठाउँमा समेत यस्तै पुल निर्माण गरेर रोल्पाली जनताको आवतजावतमा महत्त्वपूर्ण सहयोग र सहकार्य अपरिहार्य छ, मैले आगामी दिनमा पनि यहाँहरुको सहयोग अपेक्षा गर्दछु–सांसद पुनले भने । अर्का विशिष्ट अतिथी कादुरी एग्रीकल्चरल एण्ड एसोशिएसन ब्रीटिश गोर्खाज नेपाल कास्की पोखराका टेक्निकल डाइरेक्टर डा. नारायण गुरुङले रोल्पामा सडक र पुल निर्माण कार्य सम्पन्न गर्दै आएको र रोल्पासँगको सम्बन्ध धेरै राम्रो रहेको बताउनु भएको छ ।

हाम्रो संस्थाको सहयोगले दूर दराजको पहाडी दुर्गम बस्तीमा रहेको नेपाली जनताको लागि धेरै राम्रो काम गर्दै आएको छ–गुरुङले भने । बेलायत राष्ट्रको सहयोगमा नेपाली जनताको हितमा काम गर्दै आएको समेत दाबी गर्दै भन्नुभयो । यो ठाउँमा यति धेरै राम्रो पुल निर्माण हुन्छ भनेर कसैले सोचेको थिएन होला? तर यहाँ यति राम्रो पुल बनेर यहाँका नागरिकहरुलाई आवतजावत गर्न सहज भएको छ । म निर्माण गर्ने मेरो संस्थाका कर्मचारी, यहाँका जनप्रतिनिधि र यहाँका आम उपभोक्ता समितिलाई धन्यवाद दिन्छु र रोल्पाली जनताको माया, ममता र सहयोगको लागि पनि हाम्रो संस्था आभारि छ ।

हामीले सधैं यस्तै जनताको सेवा गर्न हाम्रो संस्था तपाईंहरुको साथमा छ । सधैं यहाँका आम नागरिकको सहयोग र सहकार्यको अपेक्षा गरेका छौँ–उनले भने । उपभोक्ता समितिका सचीव गञ्ज बहादुर विकको स्वागत मन्तव्यबाट सुरु भएको पुल उद्घाटन कार्यक्रमको सञ्चालन कादुरी एग्रीकल्चरल एण्ड एसोसिएसन ब्रीटिश गोर्खाज नेपाल पोखराका म्यानेजर अबोध नारायण माँझीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array