Ad image

राङ्सी र माडी गाउँपालिका ३ वडालाई जोड्ने झोलुङ्गे पुलको उद्घाटन

मालश्री खवर
मालश्री खवर १९ मंसिर २०८०, मंगलवार
2 Min Read
Aa

१९ मङ्सिर २०८०, म‌‌गलबार 
परिवर्तन गाउँपालिका २ राङ्सी र माडी गाउँपालिका ३ वडालाई जोड्ने झोलुङ्गे पुलको आज (मंगलबार) उद्घाटन हुने भएको छ । जसको माडी खोला, माडीबाङ्ग झोलुङ्गे पुल नाम राखिएको छ ।

कादुरी एग्रीकल्चरल एड एसोसिएसन ब्रीटिश गोर्खा नेपाल पोखराद्वारा माडीबाङ्ग र भस्माखोर गाउँ, परिवर्तन गाउँपालिका र माडी गाउँपालिका वडा नम्बर २ र ३ को लागि सहयोगमा निर्माण गरिएको हो । २०७९ माघ २५ गतेबाट उक्त झोलुङ्गे पुल निर्माण कार्य सुरु गरिएको थियो ।

साथै सो पुललाई निर्माण कम्पनी कादुरी एग्रीकल्चरल एड एसोसिएसन ब्रीटिश गोर्खा नेपाल पोखराका म्यानेजर अबोध माँझीले परिवर्तन र माडी गाउँपालिकाको वडा नम्बर २ र ३ का दुबै उपभोक्ता समितिलाई हस्तान्तरण समेत भएको थियो । योजनाको नियमित मर्मत सम्भारको जिम्मेवारी उपभोक्ताहरुलाई दिईएको थियो । साथै प्राकृतिक प्रकोप बाढी, पहिरो, भुकम्प आदिको कारणले गर्दा ठूलो मर्मत गर्नुपरेमा सहयोगी दाताको सहयोग रहने उल्लेख छ ।

८३ लाख ३८ हजार १ सय ४१ रुपैयाँ १६ पैसा लागतमा बनेको सो पुलले त्यहाँका स्थानियहरुलाई आवागमनमा सहज हुने भएको छ । जसमा उपभोक्ताहरुको १ लाख ३६ हजार रुपैयाँमा रहेको छ । झोलुङ्गे पुलको आज ब्रिटिश आर्मी गोर्खाका भुपु कर्णेल तथा कादुरी संस्थाका प्रोजेक्ट डाइरेक्टर एण्डियो मिल्सको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश सभाका सदस्य दिपेन्द्र कुमार पुनको विशिष्ट आतिथ्यतामा उद्घाटन हुने उपभोक्ता समितिका अध्यक्ष चिज बहादुर विकले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array