Ad image

लुङ्ग्री–१ पाङमा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न

मालश्री खवर
मालश्री खवर १७ मंसिर २०८०, आईतवार
1 Min Read
Aa

मालश्री खबर, मंसिर १७ गते रोल्पा ।

लुङ्ग्री गाउँपालिका वडा नम्बर १ पाङमा एक दिने निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज लमही आँखा अस्पतालद्वारा संचालित सुलिचौर आँखा उपचार केन्द्रद्वारा आज (आइतबार) उक्र क्षेत्रमा आँखा जाँच कार्यक्रम गरेको सुलिचौर आँखा उपचार केन्द्रका ईन्चार्ज प्रविन डाँगीले जानकारी दिनुभएको छ ।

आखाँ जाँच कार्यक्रममा ६० जना पुरुष र ६२ जना महिला गरी जम्मा १२२ जनाको सहभागीता रहेको थियो ।

- Advertisement -
Ad image

जसमध्ये ३० जनालाई मतियाबिन्दुको समस्या देखिएको ईन्चार्ज डाँगीले जानकारी दिनुभयो ।

मोटियाबिन्दुको समस्या भएका बिरामीहरुको लागि यहीँ मंसिर २४ र २५ गते निःशुल्क शल्यक्रिया गरिने उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

Array