Ad image

नेपाल पत्रकार महासंघ रोल्पाको वेवसाइट सार्वजनिक

मालश्री खवर
मालश्री खवर १६ मंसिर २०८०, शनिबार
2 Min Read
Aa

हिमा खड्का / मालश्री खबर १६ मङसिर रोल्पा ।

नेपाल पत्रकार महासंघ रोल्पाले वेवसाइड सार्वजनिक गरेको छ । आफ्नो १८ औँ बार्षिक उत्सवको अवसरमा आज एक कार्यक्रमको आयोजना गरि वेवसाइड सार्वजनिक गरेको छ ।

प्रबृधिको विकास संग नजिक हुनको लागि, आफ्ना गतिबिधीहरु लगायतका सामाग्रीहरु सबैले सजिल्यै देख्न भेट्न सकियो भन्ने उदेश्यका साथ आफ्नो वेवसाइड सार्वजनिक गरेको नेपाल पत्रकार महासंघ रोल्पाले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

वेवसाइड सार्वजनिक नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक सभापति एंव कार्यक्रमका प्रमुख अतिथि काशिराम डाँगीले गर्नु भएको हो ।

नेपाल पत्रकार महासंघ रोल्पाको १८ औँ बार्षिक उत्सवको अवसरमा नेपाल पत्रकार महासंघ रोल्पा लिबाङको भवनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगरको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका निबर्तमान अध्यक्ष एंव सल्लाहकार महेश न्यौपाने, निवर्तमान उपाध्यक्ष दारासिंङ डाँगी र देबी कुमारी गुरुङले मनतव्य राख्नु भएको थियो । कार्यक्रममा जिल्ला स्थित क्रियाशिल पत्रकारहरुको पनि सहभागिता रहेको थियो ।


कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रोल्पाका सस्थापक सभापती तथा कार्यक्रमका प्रमुख अतिथि काशिराम डाँगीले १८ बर्ष पहिले एउटा कोठाबाट १६ सदस्यीय गठन भएको महासंघ अहिले वेवसाइडको समय सम्म आईसकेकोमा खुसी व्यक्त गर्नुभयो ।

डाँगीले भन्नुभयोः “१८ बर्ष पहिले हातले लखेर समाचार सम्पे्रसन गर्नु पथ्यो । धेरै समय लगाएर हातले लेखेको समाचर नेट इन्टरनेटको समस्याले भनेको समयमा सम्प्रेशन गर्न सक्दैनथ्यौ । सारै दुःख लाग्थ्यो । अहिले समाज अति परिवर्तन भयो कि कुनै पनि समाचार क्षेणभरमा नै विश्वव्यापी बन्न सक्छ ।”

डाँगीले नेपाल पत्रकार महासंघले वेब साइड सार्वजनिक गरेर प्रबिधि संग अगाडी बढ्नु राम्रो पक्ष भएको बताउनदै वेवसाइडकोे मध्यमबाट महासंघलाई अगाडी बढ्न सहज हुने विस्वास व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ रोल्पा काशिराम डाँगीको अध्यक्षतामा २०६२ साल आजकै दिनमा स्थापना भएको थियो ।
कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्दले गर्नुु भएको थियो ।

  

प्रतिक्रिया दिनुहोस्

Array