Ad image

रोल्पामा स्वर्गीय बुवा आमाको स्मृतीमा छोरा द्वारा विद्यालय स्तरीय प्रतियोगीता आयोजना

मालश्री खवर
मालश्री खवर १६ मंसिर २०८०, शनिबार
2 Min Read
Aa

मालश्री खबर १६ मङसिर रोल्पा ।

स्वर्गीय बुवा आमाको स्मृतीमा छोराले विद्यालय स्तरीय प्रतियोगीता आयोजना गरेका छन ।
रोल्पाको रुन्टीगढी गाउँपालिका वडा न २ मा बस्ने भुप प्रसाद डागीले आफ्नो स्वर्गीय बुवा आमाको स्मृतीमा बिभिन्न प्रतियोगीतात्मक कार्यक्रम आयोजना गर्नु भएको हो ।

स्वर्गीय बुवा रामसिङ डागी र स्वर्गीय आमा सन्तोषी डागीको स्मृतिको अवसरमा वडा २ का सम्पूर्ण विद्यालयलाई समाबेश गराएर प्रतियोगता गराउनु भएको हो ।

उमेर धल्कीदै गर्दा शिक्षा क्षेत्रको बिकास र हौसलाको निमित सामाजिक सेवा गर्ने हेतुले आमा बुवाको स्मृतिमा उक्त कार्यक्रमको आयोजना गरिएको । साढे २३ वर्ष सरकारी जागिर गरेर अवकास पाएका डागी रोल्पाको सुनिल स्मृति गाउँपालिका साबिक घोडागाउँ गाबिसमा जन्मीनु भएको हा । उहाँको जन्म घोडागाउँमा भए पनि रुन्टीगढी गाउँपालिकाको साबिक जैलिपोखरी गाबिसमा बल्यकाल बितेको थियो ।

- Advertisement -
Ad image

राजनितीक आस्थाको हिसाबले उहाँ नेपाली काङग्रेस निकत हुनु हुन्छ । जागिरे जीवनमा पार्टीले उहाँलाई थुप्रै सहयोग गरेको कारणले पनि उहाँ पार्टीको गुण र समाजिक क्षेत्रबाट पार्टीलाई योगदान गर्न निमित जन्म थलो फर्किएको उहाँले बताउनु भयो ।

जागिरे जिवनमा सेवा क्षेत्र रोल्पामा भए पनि सेवा सुबिधाका हिसाबले दाङमा बसाई सराई गर्नु भएको थियो । सरकारी जागिरबाट अवकास पाए पछि भने उहाँ जन्म ठलो रोल्पा फर्किनु भएको हो ।

जन्म ठलो फर्किएर बिभिन सामाजिक काम गर्दै आउनु भएका डाँगीले बुवा आमाको स्मृतीमा विद्यालय स्तरीय प्रतियोगीता कार्यक्रम गर्नु भएको हो । रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको प्रमुख आतिथ्यता तथा निवर्तमान वडा नम्बर २ का अध्यक्ष पुनाराम पुनको बिशिष्ट आतिथ्यता एवंम छोरा भुप प्रसाद डागीको सभापतित्वमा कार्यक्रम भएको हो ।

जनज्योति आधारभुत रुन्टीगढी गाउँपालिका वडा नम्बर २ लामिडाडाका शिक्षक मन बहादुर बुढाको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन शिल्केपोखरी सामुदायीक विद्यालयका शिक्षक पदम बहादुर डागीले गर्नु भएको हो ।

कार्यक्रम शिल्केपोखरी सामुदायीक विद्यालय रुन्टीगढी गाउँपालिका वडा नम्बर २ रोल्पाको प्राङगनमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array