Ad image

सुखाओडारमा भएको मोतियाविन्दु छनोट शिविरबाट १०५ जनाले लिए सेवा

मालश्री खवर
मालश्री खवर १६ मंसिर २०८०, शनिबार
1 Min Read
Aa

मालश्री खबर, मंसिर १६ गते रोल्पा/ 

सुखा ओडारमा भएको मोतियाविन्दु छनोट शिविरबाट १०५ जनाले सेवा लिएका छन् ।

शुक्रबार गंगादेव गाउँपालिका वडा न. २ सुखा ओडार स्वास्थ्य चौँकीमा भएको शिविरमा १०५ जनाले आँखा जाँच गराएको सामुदायिक आँखा केन्द्र रोल्पाले जानकारी दिएको छ ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौ, सामुदायिक आँखा केन्द्र रोल्पा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा मोतियाविन्दु छनोट शिविर संचलन भैरहेको छ । त्यसै अन्र्तगत १५ गते गंगादेव गाउँपालिका २ सुखाओडार स्वास्थ्य चौकीमा छनोट शिविर सम्पन्न भएको हो ।

- Advertisement -
Ad image

सेवा लिएका १०५ जना मध्य ५५ जना महिला, ५० जना पुरुषले सेवा लिएका छन् ।  २४ जनाले नजिक देख्नको लागि चस्मा प्रयोग गर्नुपर्ने भएको छ । १८ जना मोतियाविन्दु भएका विरामी मध्य १० जना महिला, ड जना पुरुष छनोट भएका सामुदायिक आँखा केन्द्र रोल्पाका प्रमुख खडक भाटले जानकारी दिनुभएको छ ।

जिल्ल भर संचलन भएको शिविरबाट छनोट भएका मोतियाविन्दुका बिरामीहरुको मंसिर २८ र २९ गते रोल्पा उद्योग वाणिज्य महासंघ रोल्पाको भवनमा शल्यक्रिया हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

Array