Ad image

रोल्पा अस्पतालमा एचआईभी एड्स संक्रमित ४७ जना उपचाररत

मालश्री खवर
मालश्री खवर १५ मंसिर २०८०, शुक्रबार
2 Min Read
Aa

मालश्री खबर, मंसिर १५ गते रोल्पा ।

हिमा खड्का

रोल्पा अस्पताल रेउघाले ३६ औँ विश्व एड्स दिवसको अवसरमा आज रोल्पा अस्पताल रेउघामा कार्यक्रम गरेको छ ।

‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौ’ भन्ने नाराका साथ भएको कार्यक्रममा अस्पतालका कार्मचारी, स्वास्थ्य कार्यालयका कर्मचारी, रोल्पा पल्सका पधादीकारी लगायतको सहभागीतामा कार्यक्रम भएको रोल्पा अस्पताल रेउघाले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

रोल्पामा ४७ जना एच.आइ.भी एड्सका संक्रमित उपचारत रहेका तथ्याङ्क रोल्पा अस्पताल रेउघाका ए. आर. टि. फोकल पर्सन कृष्ण प्रसाद डाँगीले प्रस्तुत गर्नु भएको थियो ।

हाल नेपालमा कुल ३० हजार एचआईभी एड्सका संक्रमित मध्य लुम्बिनी प्रदेशमा ४ हजार, ५ सय ९८ जना अस्पतालको दायरामा उपचारत रहेका छन् ।

रोल्पा अस्पताल रेउघामा दर्ता भएका ६७ जना संक्रमित मध्य अहिले रोल्पा अस्पतालमा ४७ जना संक्रमित उपचाररत रहेका छन् । ४७ जना मध्य पनि ३ जना १४ बर्ष मुनीका बालबलिका छन् ।

सुनिलस्मृति गाउँपालिकाको १५ जना, लुङ्ग्री गाउँपालिकाको ११ जना, रोल्पानगरपालिकामा ८ जना, माडी गाउँपालिकामा ५ जना, गंगादेब गाउँपालिकामा ४ जान, सुनछहरी गाउँपालिकमा ३ जना र दाङका १ जना संक्रमित छन् ।

त्यस्तै रोल्पामा एचआईभी एड्सबाट ९ जानको मृत्यु भैसकेको छ भने ९ जानले उपचार गर्दा गर्दै छाडेका छन् । २ जनालाई रोल्पा अस्पतालले पायक पर्ने अस्पतालमा उपचारको लागि पठाएको तथ्याङ्क अस्पतालका ए. आर. टि. फोकल पर्सन कृष्ण प्रसाद डाँगीले प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै नेपालमा २०२२ को तथ्याङ्क हेर्दा ४८८ जना नयाँ संक्रमित थपिएका छन् । ३४४ जनाको मृत्यु भएको छ ।

विश्वमा सन् १९८१ मा पहिलो संक्रमित रिपोट भएदेखी अहिले सम्म ८ करोड ५६ लाख मानिस एचआईभी संक्रमित भएका छन् र ४ करोड ४ लाख व्यक्तिको एड्सका कारण मृत्यु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array