Ad image

न्यायिक समितिका पदाधिकारीहरूको जिल्ला सम्मेलन आज सुलिचौरमा हुदै

मालश्री खवर
मालश्री खवर १५ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

भरत विश्वकर्मा, मंसिर १४ गते सुलिचौर रोल्पा ।

रोल्पामा न्यायिक समितिको प्रथम जिल्ला सम्मलेन आज हुने भएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका न्यायिक समितिको आयोजनामा रोल्पा जिल्लाको सबै स्थानीय तहका न्यायिक समितिको सहभागितामा प्रथम जिल्ला सम्मेलन हुन लागेको हो ।

सुनिलस्मृति गाउँपालिका न्यायिक समितिको आयोजनामा आज हुन लागेको सम्मेलनको लागि सम्पूर्ण तयारी पुरा गरिसकेको न्यायिक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष मिना थापाले जानकारी दिनुभयो । रोल्पामा न्यायिक समितिले आज (शुक्रवार) गर्न लागेको सम्मेलन रोल्पामा पहिलो सम्मेलन हो । यस सम्मेलन पश्चात् अन्य स्थानीय तहहरूको आयोजनामा प्रत्येक वर्ष जिल्ला सम्मेलन गरी न्यायिक निरुपनको क्षेत्रमा भएका गतिविधिको बारेमा समीक्षा गरी अगाडी बढ्ने सोच रहेको न्यायिक समिति संयोजक थापाले बताउनुभयो ।

जिल्ला सम्मेलनले गर्दा न्यायिक सम्पादनको क्षेत्रमा भएको अनुभव एकआपसमा आदानप्रदान, न्यायिक समितिको काम कारबाहीलाई व्यवस्थित, प्रभावकारी बनाउन, न्यायिक समितिका पदाधिकारीहरूबिच निरन्तर सम्पर्क, समन्वय र सञ्चार गर्न न्यायिक समिति जिल्ला सम्मेलनको विशेष उदेश्य रहेको पाइन्छ ।

- Advertisement -
Ad image

आज हुने सम्मेलनमा जिल्ला समन्वय समिति प्रमुख सिता आचार्य, जिल्ला अदालत रोल्पाका श्रेष्तेदार शिव प्रसाद पराजुली, सबै स्थानीय तहका न्यायिक समितका पदाधिकारी, न्यायिक समितिका कर्मचारी लगाएतको उपस्थिति रहने सुनिलस्मृति गाउँपालिका न्यायिक समितिले जनाएको छ ।

न्यायिक समितिको जिल्ला सम्मेलन सुनिलस्मृति गाउँपालिकाको केन्द्र सुलिचौरमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array