Ad image

मंसिर १५ देखी पुर्बी रोल्पाको अधिकांस स्थानमा विद्युत आपुर्ती बन्द हुने

मालश्री खवर
मालश्री खवर १४ मंसिर २०८०, बिहीबार
2 Min Read
Aa

मालश्री खबर, मंसिर १४ गते रोल्पा/

मंसिर १५ गते शुक्रबार देखी २२ गते शुक्रबार सम्म एक साता सुनिलस्मृती, लुङ्ग्री गाउँपलिका र सुनछहरी गाउँपालिको विभिन्न क्षेत्रहरुमा विद्युत आपुर्ती बन्द हुने भएको छ ।

रोल्पा जिल्ला, रोल्पा वितरण केन्द्रको क्षेत्र भित्र पर्ने सातदोबाटो लाकुरीमा निमार्ण भएको ३३‍‌/११ के.भी. को सवस्टेशन संचालनमा आउने भएकोले लुङ्ग्री गाउँपलिका र सुनछहरी गाउँपलिका क्षेत्रहरुमा पर्ने भिझिङ, सुलिचैर, अरेश, तेवाङ, शिर्प, बडाचौर, पाङ, गुम्चाल, फगाम, जैमाकसला, र पोबाङ क्षेत्रमा मंसिर १५ गते शुक्रबार देखी २२ गते शुक्रबार सम्म विद्युत आपुर्ती बन्द हुने रोल्पा वितरण केन्द्रले जानकारी दिएको छ ।

नेपाल विधुत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय, वितरण प्रणाली सुदृढिकण तथा विस्तार आयोजना अन्तर्गत सातदोबाटो लाकुरीमा निमार्ण भएको ३३/११ के.भी. को सवस्टेशन संचालनमा आउने भएकोले सुनिलस्मृति, लुङग्री र सुनछहरी गाउँपालिका क्षेत्रहरुमा संचालन भईरहेको ३३ के.भी. लाईन अवउप्रान्त ११ के.भी.मा संचालन हुने भएकोले उक्त ३३ के.भी वितरणका ट्रान्सफर्महरु जडान गर्ने कार्य गर्नु पर्ने भएकाले उक्त लाईनमा जडान रहेका ३३/०.४ के.भि का वितरण ट्रान्सफरमरहरु समेत बदली गरी ११/०.४ के.भि का वितरण ट्रान्सफरमरहरु जडान गर्ने कार्य गर्नुपर्ने भएकोले पहिलो चरणमा उक्त ठाउँमा विद्युत अवरुद्व हुने भएको हो ।

- Advertisement -
Ad image

दैनिकी रुपमा ट्रान्सफरमरहरु बदली कार्य सम्पन्न हुने ठाउँमा सोही दिनबाट क्रमिक रुपमा विद्युत सुचारु हुने पनि रोल्पा वितरण केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array