Ad image

बाल मन्दिर आबि को सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

मालश्री खवर
मालश्री खवर १४ मंसिर २०८०, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, मंसिर १४ गते रोल्पा ।

बाल मन्दिर आधारभुत विद्यालयले सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । रोल्पा नगरपालिका वडा न. ४ मा रहेको बाल मन्दिर आधारभुत विद्यालयले आज आर्थिक बर्ष २०७९/८० को सामाजिक लेखा परिक्षण तथा सार्वजनिक सुनुवाई र अभिभावक तथा सरोकारवालाहरुको भेला सम्पन्न गरेको हो ।

सामाजिक लेखा परिक्षण तथा सार्वजनिक सुनुवाई हरेक बर्ष गरिन्छ । शिक्षा नियमावली २०५९ को नियम १७१ को ‘क’ बमोजिम सामाजिक परिक्षण कार्यक्रम गरेको विद्यालयका प्रधानाअध्यापक भगवती मल्लले जानकारी दिनुभयो ।

विद्यालयको आर्थिक भौतिक, शैक्षिक तथा व्यवस्थापकीय पक्षको मुल्याङ्कन गरी आवश्यक सुझाव सहित सरोकारवाला र स्थानिय अभिावकको सर्वसहमतीबाट अनुमोदन गरिएको प्रधानाध्यापक मल्लले बताउनु भएको छ ।

- Advertisement -
Ad image

सामाजिक परिक्षण अनुमोदन समितिका अध्यक्ष वेगम बुढाको अध्यक्षतामा भएको भेलामा रोल्पा नगरपालिका वडा न. ४ का वडा अध्यक्ष मित्रलाल गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

सामाजिक परिक्षणको प्रस्तुतिकरण बाल मन्दिर आधारभुत विद्यालयका प्रधानाध्यापक भगवती मल्लले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चलन सार्वजनिक सुनुवाई समितिका सदस्य सचिव तथा विद्यालयका शिक्षक उदयसिंह गिरीले गर्नु भएको बिद्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array