Ad image

सुनछहरी–५ जैमामा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न

मालश्री खवर
मालश्री खवर १४ मंसिर २०८०, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, मंसिर १४ गते रोल्पा ।

सुनछहरी गाउँपालिका ५ जैमामा एक दिने निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज लमही आँखा अस्पतालद्वारा सञ्चालित सुलिचौर आँखा उपचार केन्द्रद्वारा आज (बिहिवार) उक्त क्षेत्रमा आँखा जाँच कार्यक्रम गरेको सुलिचौर आँखा उपचार केन्द्रका इन्चार्ज प्रविन डाँगीले जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

आँखा जाँच कार्यक्रममा २५ जना पुरुष र २१ जना महिला गरी ४६ जनाको सहभागीता रहेको थियो । जसमध्ये १४ जनालाई मोतियाविन्दुको समस्या देखिएको इन्चार्ज डाँगीले जानकारी दिनुभयो । मोतियाविन्दुको समस्या भएका बिरामीहरूको लागि यहीँ मंसिर २४ र २५ गते निःशुल्क शल्यक्रिया गरिने उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

Array