Ad image

रुन्टिगढी गाउँपालिकाले कृषकलाई वीउ विजन वितरण गर्दैै

मालश्री खवर
मालश्री खवर १४ मंसिर २०८०, बिहीबार
2 Min Read
Aa

मालश्री खबर, मंसिर १४ गते रोल्पा

रुन्टिगढी गाउँपालिकाले वीउ विजन वितरण गर्ने भएको भएको छ । मंसिर १२ गते एक सुचना जारी गर्दै सम्पूर्ण कृषकलाई रुन्टिगढी गाउँपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक कार्यक्रम अन्र्तत ५० प्रतिशत अनुदानमा तरकारीको वीउ विजन वितरण गर्ने भएको रुन्टिगढि गाउँपालिकाले जानकारी दिएको छ ।

जारी सुचनामा उल्लेख गरिएको छ, इच्छुक कृषक, कृषक समुह, सहकारी र फर्महरुले आफुलाई चाहिएको वीउको जात, परिमाण चाहिने समय समेत स्पष्ट खुलाई १५ दिन भित्र रुन्टिगढि गाउँपालिकाको कार्यालयमा निवेदन पेश गर्न सक्ने छन् ।

वीउ विजन लिन चाहने इच्छुक कृषक, कृषक समुह, सहकारी र फर्महरुले समुह, सहकारीको निर्णयको प्रतिलिपि, समुह, सहकारी र फर्मको छाप सहितको निवेदन, समुह, सहकारी फर्मको नविकरण गरेको प्रमाण पत्रको प्रतिलिपि, जग्गाको लालपुर्जाको प्रतिलिपि र मालपोत तिरेको रसिद, पान नं र करचुक्ता प्रमाण पत्रको प्रतिलिपि र निवेदकको नागरिकताको प्रतिलिपि बुझाउनु पर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेमन्त बहादुर डाँगीले हस्ताक्षर गर्नुभएको सुचनामा उल्लेख गरिएको छ ।

- Advertisement -
Ad image

वीउ विजन लिने क्रममा रित नपुगेको वा प्रस्तावना फर्म पुर्ण रुपमा नभरि पेश गरेकोलाई समावेश, विगत २ वर्ष भित्र उहि प्रकृतिको अनुदान प्राप्त आवेदकलाई प्राथामिकता र अनुदान दुरुपयोग भएको पाइएमा सम्बन्धित कृषक समुह, कृषि सहकारी, फर्मबाट अनुदान रकम असुल गरि उक्त कृषक समुह, कृषि सहकारी, फर्महरुलाई आगामी २ वर्ष सम्म कृषि सम्बन्धि अनुदानमा समावेश नगरिने पनि सुचना मार्फत गाउँपालिकाले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array