Ad image

गजुलमा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न

मालश्री खवर
मालश्री खवर १४ मंसिर २०८०, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, मंसिर १४ गते रोल्पा ।

सुनिलस्मृति गाउँपालिका ५ र ६ नम्बर वडामा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ । मंगलबार वडा नम्बर ५ काभ्रामा र बुधबार गजुलकोटमा उक्र कार्यक्रम सम्पन्न गरेका बताइएको छ ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज लमही आँखा अस्पतालद्वारा सञ्चालित सुलिचौर आँखा उपचार केन्द्रद्वारा मंगलबार वडा नम्बर ५ काभ्रामा १९ जना पुरुष र ३० जना महिला गरी ४९ जनाको आँखा जाँच गर्दा ८ जनामा मोतियाबिन्दुको समस्या भएको पाइएको थियो ।

त्यस्तै बुधबार वडा नम्बर ६ गजूलकोटमा ३६ जना पुरुष र ६३ जना महिला गरी ९९ जनाको आँखा जाँच गर्दा १० जनाकमा मोतियाबिन्दुको समस्या देखिएको थियो ।

- Advertisement -
Ad image

मोटियाबिन्दुको समस्या भएका बिरामीहरुको लागि यहीँ मंसिर २४ र २५ गते निःशुल्क शल्यक्रिया गरिने सुलिचौर आँखा उपचार केन्द्रका इन्चार्ज प्रविन डाँगीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array