Ad image

विश्व हिन्दु महासंघ रोल्पाको अध्यक्षमा आचार्य चयन

मालश्री खवर
मालश्री खवर १४ मंसिर २०८०, बिहीबार
3 Min Read
Aa

मालश्री खबर, मंसिर १४ गते

विश्व हिन्दु महासंघले रोल्पामा पनि आफ्नो संगठन बिस्तार गरेको छ । विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य युवराज आचार्यको प्रमुख आतिथ्यतामा रोल्पाको सदरमुकाम लिबाङमा एक कार्यक्रमको आयोजना गरि रोल्पा जिल्ला विश्व हिन्दु महासंघ गठन गरिएको बताइएको छ ।

तेजराज आचार्यको अध्यक्षतामा ११ सदस्य जिल्ला कार्य समिती गठन गरिएको विश्व हिन्दु महासंघ रोल्पाका सचिव तिलचन्द्र आचार्यले रेडियो मालश्रीलाई जानकारी दिनु भएको छ ।

नबगठित समितीको उपाध्यक्षमा केशरी हमाल, सचिव तिलचन्द्र आचार्य, कोषाध्यक्ष ओबिलाल केसी रहनु भएको छ भने समितीको अन्य सदस्यहरुमा देब बिक्रम शाह, जयश्री रेग्मी, हुकुम आचार्य, इन्द्र बहादुर खत्री, कुलचन्द्र आचार्य रमेश अधिकारी लगाएतको सदस्यहरु रहेको बताइएको छ । सोही अवसरमा विश्व हिन्दु महासंघ रोल्पा नगरपालिकाको नगरकार्य समिती समेत गठन गरिएको बताइएको छ ।

- Advertisement -
Ad image

निम बहादुर सिंह ठकुरीको अध्यक्षतामा पछि पुरा गर्ने गरि ६ सदस्य नँया कार्य समिती गठन गरिएको विश्व हिन्दु महासंघ रोल्पाले जानकारी दिएको छ ।

जसको उपाध्यक्षमा निर्मला मल्ल, सचिव सुमित्रा मल्ल, कोषाध्यक्षमा निश्चल आचार्य र समितीको अन्य सदस्यहरुमा उमा कुमारी आचार्य, चन्द्र प्रकाश आचार्य रहनु भएको छ ।

इन्द्र बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दु महासंघका केन्द्रिय सदस्यहरु युवराज आचार्य, घनश्याम उपाध्याय, खुमानन्द अधिकारी, बिश्व विश्व हिन्दु महासंघका घोराही उपमहानगरपालिका अध्यक्ष नुमाकान्त दाहाल, नेपाल ज्योतिष परिषद रोल्पाका अध्यक्ष लिलाधर पन्थी लगाएतको आतिथ्यता रहेको थियो ।

विश्व हिन्दु महासंघ रोल्पा नगरपालिका अध्यक्ष निम बहादुर सिंहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विश्व हिन्दु महासंघ रोल्पाका सचिव तिलचन्द्र आचार्यले गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य युवराज आचार्यले बैदिक सनातन धर्म संस्कृतीको संरक्षण सम्बद्र्धन गर्ने पबित्र उद्देश्यका साथ आफुहरु रोल्पामा पनि विश्व हिन्दु महासंघ गठन गर्न रोल्पा आएको बताउनु भएको छ ।

साथै विश्व हिन्दु महासंघमा आबद्ध हुन समेत सबैलाई आग्रह गर्नु भएको छ । यो कुनै राजनैतिक संघ संगठन संग आबद्ध नभएको बताउदै आचार्यले यो खाली हिन्दु धर्म संरक्षणको लागी मात्र गठन गरिएको सबै साझा संस्था भएको समेत बताउनु भएको छ ।

सोही कार्यक्रममा बोल्दै विश्व हिन्दु महासंघ रोल्पाका अध्यक्ष तेजराज आचार्यले अब छिट्टै रोल्पा जिल्लाको सबै स्थानिय तहहरुमा पनि विश्व हिन्दु महासंघ पालिका स्तरिय समिती गठन गरिने मालश्री खबरलाई जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array