Ad image

आवधिक विकास योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

मालश्री खबर
मालश्री खबर १३ मंसिर २०८०, बुधबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,मङ्सिर १३ रोल्पा।

आवधिक विकास योजना तर्जमा सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । परिवर्तन गाउँपालिकाको आयोजना तथा माडी क्न्सल्टेन्सी प्रा.लि ललितपुरको सहजीकरणमा बुधबार परिवर्तन गाउँपालिकाको बहुउद्देश्यीय सभाह्ल पुतलाचौरमा सम्पन्न भएको हो ।

परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षमा भएको आवधिक विकास योजना तर्जमा सम्बन्धि कार्यशाला गोष्ठीमा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी, परिवर्तन गाउँपालिकाका प्रेम जि.एम, वडा अध्यक्षहरु २ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगर, ३ का वडा अध्यक्ष खिम विक्रम चन्द, ४ का वडा अध्यक्ष मानसिङ बुढा, ५ का वडा अध्यक्ष दिल बहादुर वली, ६ का वडा अध्यक्ष भरत कुमार बुढा मगर, परिवर्तन गाउँकार्यपालिकाका सदस्यहरु मोहबीर विक, जुन कुमारी बुढामगर, थम बहादुर सुनार, परिवर्तन गाउँपामाडी भित्रका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरु, क्न्सल्टेन्सी प्रा.ली ललितपुरका सहजकर्ता विपिन धिताल, महेन्द्र खनाल, दिपेन्द्र घर्ती मगर लगायतको सहभागिता रहेको थियो।

- Advertisement -
Ad image

परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर आवधिक विकास योजना पाँच बर्षे भावी योजनाहरुको भएको बताउनुभयो।आवधिक योजना निर्माण भएपछि एक पटक बनाइसकेपछी बेला बेलामा बनाउनु नपर्ने समेत जिकिर गर्नुभयो । आर्थिकको अनुपात हेरेर योजनाहरु तयार भए पश्चात त्यसलाई पाँच बर्षसम्म अगाडि बताउनु पर्ने समेत बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

Array