Ad image

नेपाली जनताको खुशी उडेको लामो समय भयो-बिप्लव

मालश्री खवर
मालश्री खवर १३ मंसिर २०८०, बुधबार
5 Min Read
Aa

मालश्री खबर, मंसिर १३ गते रोल्पा ।

रोल्पाका डाँडाकाडा, नदिनालाबाट फरक जीवन सबै जनताले सुख पाउने व्यवस्था, सबै जनताले खुसि हुने राज्य, सबै जनताले उन्नति समृद्धि हासिल गर्ने सपनामा आफुहरु अगाडी बढेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द बिप्लवले बताउनु भएको छ ।


नेपाल कम्यनिष्ट पार्टी मध्य दक्षिण रोल्पाले आयोजना गरेको नेपाल कम्यनिष्ट पार्टीका महा सचिव नेत्र बिक्रम चन्द बिप्लव सँगको भेटघाट कार्यक्रममा यस्तो कुरा बताउनु भएको हो ।

नेपाल कम्यनिष्ट पार्र्टीको १० वर्षको पुर्नगठन दिवस मनाउनको लागी केही दिन अगाडी मात्र रोल्पाको सुलिचौर, उवा हुदै नेकपाका महासचिव चन्द बिप्लव थवाङ पुग्नु भएको थियो । थवाङको कार्यक्रम सकिए लगतै उँहा परिबर्तन गाँउपालिकाको बागमारा पाटीले आयोजना गरेको कार्यक्रममा सहभागि भएर जन्म घर केवरी पुगेर पार्टीले आयोजना गरेको घर्तिगाँउको कार्यक्रमा सहभागिता जनाएर आईतबार साझ मात्र रोल्पा सदरमुुकाम प्रवेश गर्नु भएको थियो ।

- Advertisement -
Ad image

सोमबार बिहान रोल्पाको सदरमुकाम लिबाङमा पार्टी आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै चन्दले नेपाली जनताको खुसि उडेको लामो समय भएको समेत बताउनु भएको छ । “उहाँले भन्नुभयो, सबै नागरिकलाई अनेकथरिका बेचैनि अन्यौल्ता जस्तो छ, तर आफु रोल्पा आउदा त्यो समस्या विस्तारै पार लाग्दै गएको र जनतामा नयाँ विश्वास, आशा, उमंग हुदै आएको अनुभुतिले हामी उमंगीत छौँ । फरक खालको समाजवादको समाज, साम्यवादको समाजको सपना बोकेर काम गर्दै योगदान गर्दै यहाँसम्म आई पुगेको चन्दले बताउनु भयो ।”

रोल्पाली नागरिकको साझा चाहाना भनेको हाम्रो देशलाई रुपान्तरण गर्ने, समुन्नत गर्ने, समृद्ध बनाउने र हाम्रो देशलाई स्वाधिन बनाउने रहेको भन्दै कुनै पनि स्वार्थ नराखेर नेपाल कम्युनिष्ट पार्टीले समय अनुसार अग्रगामी रुपान्तरण प्रक्रिया चालिरहेको बताउनु भएको छ । सुकुमवासिको झुपडी देखि महलको यात्रासम्म संगसंगै गर्न पाउने, हेर्न पाउने, बुझ्न पाउने अरु पार्टीको भन्दा आफ्नो पार्टीले यो २१ औँ शताव्दीमा यस्तो अवसर पाएको महासचिव चन्दले जिकिर गर्नु भएको छ ।

यति खेर नेपालको राज्य व्यवस्था सर्वाधिक संकटमा गुज्रिरहेको छ । ‘उहाँले भन्नु भयोः नेपालको राज्य प्रणालीको बारेमा कुनै पनि नागरिक सन्तुष्ट छैैनन् । कुनै दलहरुले पनि यो ठिक हो भनि जवाफ दिन विश्लेषण गरीरहेको परिस्थिति छैन । जनयुद्ध, जनआन्दोलन पछि नेपाल लोकतन्त्रीक गणतन्त्र व्यबस्थामा प्रवेश गरेको १५÷१६ वर्ष भई सक्दा पनि कुनै उल्लेखनिय र सन्तोषजनक निकास कुनै पनि राजनैतिक दल र दलको नेतृत्वले खोज्न नसकिरहेको बताउनु भयो ।

जनतालाई खुुसि राख्नको लागि आर्थिक जीवन पद्धतिमा परिवर्तन आउन जरुरी भएको कुरा बताउदै चन्दले । त्यसका लागि उत्पादनमा सहभागि हुने, शिक्षामा सहभागि बन्ने, रोजगारीमा सहभागि बन्ने र आफ्नो अर्थतन्त्रलाई सुद्धृद गर्नु पर्ने जरुरी रहको बताउदै चन्दले त्यसको स्वामित्व पुरा गर्न समाजवाद नै चाहिन्छ समेत ठोकुवा गर्नु भएको छ ।
जव सम्म नेपालको राजनैतिक दल अर्थतन्त्र र नेता उत्पादन सँग जोडीने राजनितिक प्रणालीको बिकास हुन सक्दैन तव सम्म देश समृद्धिको बाटोमा जानै नस्ने समेत बताउनु भएको छ ।

देश बनाउनको लागी अरुको भर पर्नु भन्दा पनि आफै उत्पादनमा लाग्न सके नेपाल आफै समृद्ध बनाउन सकिने समेत चन्दले बताउनु भएको छ । त्यस्का लागि राज्य सञ्चालन गर्ने नेतृत्व सहि बाटोमा हिडेर इमान्दार बन्नु पर्ने बताउनु भयो ।

हिजो आफु र आफ्नो पाटीले समाजबादको कल्पना गरेर कुरा उठाउदा कसैले वास्था नगरे पनि पछिल्लो समय बिस्तारै नेपालको सबै पार्टी भित्र अहिले व्यवस्था माथि प्रशन खडा हुदै जानु र समाजवादको बहस हुदै जानु भनेको बिस्तारै नेपाल कम्युनिष्ट पार्टीको एजेन्डामा सफले भएको समेत नेकपा महासचिव चन्दले थोकुवा गर्नु भएको छ ।

भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका नेता एंव पर्ब सांसद लेखनाथ आचार्य, अधिबक्ता जित बिक्रम मल्ल, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर, निबर्तमान अध्यक्ष मानसिंह बिक लागएत आफ्नो धारणा राख्ने क्रममा अहिले सम्म जनताको एजेण्डामा निडर भएर लाग्ने एक मात्र पात्र नेत्रबिक्रम चन्द भएको हुनाले जनताको आशा र भरोसालाई निरासामा परिनत गर्ने बाटोमा नलाग्नको लागी सुझाब समेत दिएका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका राप्ती व्यूरो इन्चार्ज सबिन सीले पनि आफ्नो धारणा राख्नु भएको थियो । नेपाल कम्यनिष्ट पार्टीका महा सचिव नेत्र बिक्रम चन्द सँगको भेटघाट कार्यक्रममा जिल्ला स्थित क्रियाशिल राजनैतिक दलका प्रमुख प्रतिनिधी, नेकपाका नेता कार्यक्रता, पत्रकार लगाएतको समते सहभागिता रहेको थियो ।
नेपाल कम्यनिष्ट पार्टी मध्य दक्षिण रोल्पाका इन्चार्ज जग बहादुर भण्डारीको अध्यक्षमा भएको कार्यक्रमको संचालन नेकपा केन्द्रिय प्रतिनिधी टिकाराम नेपालीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array