Ad image

सुनिलस्मृति–१ घोडागाउँमा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर १२ मंसिर २०८०, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, मंसिर ११ गते रोल्पा ।

सुनिलस्मृति गाउँपालिका वडा नम्बर १ घोडागाउँमा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज लमही आँखा अस्पतालद्वारा सञ्चालित सुलिचौर आँखा उपचार केन्द्रद्वारा घोडागाउँमा उक्त कार्यक्रम सम्पन्न गरिएको आँखा उपचार केन्द्र सुलिचौरले जानकारी दिएको छ ।

आँखा जाँच कार्यक्रममा ३४ जना पुरुष र ४३ जना महिला गरी कुल ७७ जना नागरिकको सहभागीता रहेको थियो । जसमध्ये १५ जनालाई मोतियाविन्दुको समस्या भएको पाइएको थियो । वडा स्तरमा आँखाको स्वास्थ्य परीक्षण पश्चात् मंसिर २४ र २५ गते निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिने सुलिचौर आँखा उपचार केन्द्रका इन्चार्ज प्रविन डाँगीले जानकारी दिनुभयो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array