Ad image

नव प्रगतिशिल युवा समूह पाछाबाङको तेस्रो वार्षिकोत्सब उद्घाटन

मालश्री खबर
मालश्री खबर ११ मंसिर २०८०, सोमबार
4 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर, मंसिर ११ गते रोल्पा

नव प्रगतिशील युवा समूह परिवर्तन गाउँपालिका वडा न. ४ पाछाबाङ रोल्पाको तेस्रो वार्षिकोत्सब उद्घाटन भएको छ ।


सोमबार परिवर्तन गाउँपालिका वडा न. ४ पाछाबाङ कालापोखरामा उद्घाटन भएको हो। “खेलकुद र संस्कृतिको विकास,समाजको निकास” भन्ने मुलनाराका साथ सुरु भएको उद्घाटन कार्यक्रमको अध्यक्षता नव प्रगतिशील युवा समूहका अध्यक्ष तारा प्रसाद बुढा मगरको रहेको थियोे ।

परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको प्रमुख आतिथ्यता रहेको थियोे । परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी र परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम.को विशिष्ट आतिथ्यता रहेको थियो ।

- Advertisement -
Ad image

उद्घाटन कार्यक्रममा विभिन्न जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्र.अ तथा शिक्षक, टोल समितिका प्रमुख तथा प्रतिनिधि,शिक्षक,व्यापारी,बुद्धिजीवी, लगायतको आतिथ्यता रहेकोे थियोे । नव प्रगतिशील युवा समूहका प्रथम कार्यकालका अध्यक्ष हिमाल केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा, नव प्रगतिशील युवा समूहको तेस्रो वार्षिकोत्सब उद्घाटन गर्दै प्रमुख अतिथि परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले जुन यो परम्परा मेलालाई जर्गेना गरी खेलकुदको माध्यमबाट रोचक बनाएको बताउनुभयो ।

सानो छ आफूले बागमारामा अध्ययन गर्दा स्कुलमा १५ रुपियाँ तिर्नुपर्ने थियोे,त्यो समयमा आफू यो काला पोखरामा आएर गञ्जी लिएर बिक्री गरेको समेत स्मरण गर्नुभयो।बुढा मगरले,यो मेला आर्थिक हिसाबले फलफूल,बदाम लगायत बिक्री गर्ने थलो भएको समेत बताउनुभयो।अहिले परिवर्तन गाउँपालिकामा विकृतिको रूपमा मेला लाग्ने गरेको र आर्थिक रूपमा र समय समेत खर्च भइरहेकोले त्यसलाई न्यूनीकरण गर्नका लागि गाउँपालिकाले परम्परा मेलालाई व्यवस्थित गरी अगाडि बढाउने र अन्य मेलालाई नियमन गर्ने समेत छौं–उनले भने ।

परिवर्तन गाउँपालिकाले खेलकुदलाई विकास गर्नका लागि २२ मङ्सिर देखि २५ गतेसम्म अध्यक्ष कप प्रतियोगिता सञ्चालन हुने समेत बताउनुभयो । अहिले गाउँमा सडक सञ्जाल पुग्दै गर्दा जङ्फूट समेत पुग्ने गरेको र बच्चाहरुमा कुपोषण हुने गरेको समेत जिकिर गर्नुभयो ।

नेपाल कृषि उत्पादन गर्न छोड्डै गएको र अहिलेका मानिसले आफै उत्पादन गरेर खानुको सत्ता कुहिएको चामल खाने गरेको र त्यसलाई न्यूनीकरण गर्नका लागि किसानहरु आफै लागेर कृषि उत्पादन गरि आत्मनिर्भर बन्नु पर्ने बताउनुभयो । अभिभावकहरुमा पर्दै आएको भारलाई अन्त्य गर्ने गरी निःशुल्क शिक्षा कार्यान्वयनमा लिएको बताउनुभयो । चप्कामा १५ शैय्या अस्पताल निर्माण भइरहेको र त्यो निर्माण कार्य सम्पन्न भएपश्चात सेवा सञ्चालन हुने समेत बताउनुभयो । अहिले गाउँपालिकामा गणित,विज्ञान र अंग्रेजी शिक्षक पाउन मुस्किल भएको समेत बताउनुभयो । एमबीबीएस पढ्न गाउँपालिकाले लगानी गर्न तयार भएर छात्रवृत्तिको समेत व्यवस्था गरेको बताउनुभयो।सहिद मार्ग अन्तरगत दुइखोली चुन्बाङ खण्ड र दुइखोली कुरेली सम्म स्तरउन्नति र कालोपत्र सहितको पिचको काम अगाडि बढेको बताउनुभयो ।


विशिष्ट अतिथि परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम.ले युवा समूहको यो मेलाले पुराना कला, संस्कृति,सांस्कृतिक रितिरिवाजलाई प्रस्तुत गर्ने माध्यम भएको बताउनुभयो । मेलामा खेलकुद प्रतियोगिता राखी अझ मनोरञ्जन र उत्साह थप्ने गरेको बताउनुभयो। उद्योग वाणिज्य संघ परिवर्तन गाउँपालिका संयोजक प्रेम कुमार बुढा मगरले पहिलेको परम्परागत मेलालाई अहिले खेलकुदको माध्यमबाट सञ्चालन गरिदै आएको बताउनुभयो । नेपाली कांग्रेस परिवर्तन गाउँपालिका वडा न. ४ का सभापति जय बहादुर बुढा मगरले खेलकुद खेल्दा अनुशासन महत्वपूर्ण रहेकोे बताउनुभयो ।

नेकपा एमाले रोल्पा जिल्ला सदस्य तिल बहादुर पुनले यस ठाउँको विकास र खेलकुदको लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

परिवर्तन गाउँकार्यपालिका सदस्य फर्मिला महरले पहिले एक दिन मात्र लाग्ने मेलालाई अहिले खेलकुदको माध्यमबाट केही दिन लामो बनाएको बताउनुभयो । नेकपा रोल्पा जिल्ला सदस्य तथा परिवर्तन गाउँ समितिका इन्चार्ज पृथ्वी डाँगी सीले युवा समूहको यो खेलकुद प्रतियोगिताले गाउँका कुना कुना रहेका प्रतिभालाई उर्जागर गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । मावि माइस्थानका प्रधानाध्यापक नवराज डाँगीले युवा समूह खेलकुद कार्यमा मात्र सिमित नभएर समाजको विकृति, कुसंस्कार सम्बन्धि समाज सेवा काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमको सञ्चालन नव प्रगतिशील युवा समूहका सचीव पहल केसीले गर्नु भएको थियो ।

   

प्रतिक्रिया दिनुहोस्

Array